कञ्चनपुर, : कञ्चनपुरका जेष्ठ नागरिकले कपाल काटे बाफत सैलुन पसललाई तिनुपर्ने रकमा छुट पाउने भएका छन । जेष्ठ नागरिकले हरेक सैलुन पसलमा कपाल काटेको २०रुपैया छुट पाउने भएका हुन ।

नेपाल नाई संघ कञ्चनपुरले जेष्ठ नागरिकलाई २० रुपै्रया छुट दिने भएको छ । नेपाल नाई सघ कञ्चनपुरका अध्यक्ष हरि कुमार ठाकुरले जेष्ठ नागरिको सम्मानका लागि कपाल काटेको एकसय रुपैयामा २० रुपैया छुट दिने निर्णय अनुरुप जिल्लाभरी कार्यान्वयनका लागि आब्हान गरेका छन ।











