नेपालको लघुचलचित्र ‘द स्कुलवाल’नाईजेरिया र जिम्वावेमा छनोट


काठमाडौं : लघुचलचित्र ‘द स्कुलवाल’नाईजेरिया र जिम्वावेमा छनोट भएको छ । बालमनोविज्ञानमा आधारित यो लघुचलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनलफिल्म फेस्टिभल र जिम्वावेको भर्सिटी फिल्मएक्स्पो मा छनोट भएको छ । यसअघि बेलायतको लिफ्ट अफफिल्ममेकर सेसन्समा छनोट भएको थियो । लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्यचर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गिताश्री थापा, आयुषागौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाललगायत सेलीब्रेशन स्कूलकाविद्यार्थीहरुको अभिनय रहेको छ ।

लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका छन् । काठमाडौंमा छायांकन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् । लघुचलचित्रको सम्पादनतथा रङ्ग संयोजन अनिलकुमार महर्जनले गरेका छन् । सहायकनिर्देशन करन साउदको रहेको छ । ऐना आट्र्सको प्रस्तुतिमानिर्माण भएको लघुचलचित्र द स्कुलवालको लेखन तथानिर्देशनमोहनअभिलाषीले गरेका हुन् । उनकै लेखन तथानिर्देशन रहेको लघुचलचित्र ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’विभिन्न देशहरुमा छनोटमा परिसकेको छ । लघुचलचित्र ‘द स्कुलवाल’ को अफिसियल पार्टनरको रुपमा साईलेन्ट एक्ट र मालिका मिडिया रहेका छन् ।

‘द स्कुलवाल’मापर्खालको रुपमागरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुतगरिएको छ । लघुचलचित्रमा विद्यालयनजिकै जुत्तापालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुतगरिएको निर्माण पक्षले जनाएको छ । कामगर्ने ठाउँको अगाडिबाट विद्यार्थीहरु विद्यालयगईरहँदाउसलाई पनि पढ्ने रहरले विद्यालयसम्मतानेर लैजान्छ । पारिवारिक, आर्थिक समस्या र बाध्यात्मक परिस्थितिबिचउसले अनेक तरहकाउपाएहरु अपनाएर विद्यालयभित्रप्रवेश गर्न सफल हुन्छ तर त्यो खुशी धेरै समय टिक्दैन र कथाले अर्कै मोड लिन्छ । एउटा बालकले पढ्ने रहरको लागि के के सम्मगर्न सक्छ भन्ने कुरालाई चलचित्रले देखाउनखोजेको यसकानिर्माता सुरेन्द्र क्षेत्री बताउँछन् ।


Loading Viewer...

ताजा समाचार

spot_img