माओवादी नेता लम्सालले कञ्चनपुरका अधुरा योजना, सीमा समस्या, ठगि सहकारीबारे प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए


कञ्चनपुर : नेकपा माओवादी केन्द्रका केन्दीय सदस्य लोकेन्द्र लम्सालले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)सग भेटघाट गरेका छन । माओवादी केन्द्रका नेता एव कञ्चनपुर पुनर्वासका स्थानीय समेत रहेका लम्साल सहितका नेता कार्यकर्ताहरुले आइतबार प्रधानमन्त्री (प्रचण्ड)संग भेटघाट गरेका हुन ।

प्रधानमन्त्री प्रचण्डसंगको भेटमा माओवादी नेता लम्सालले कञ्चनपुरको विकास निर्माण, सीमा समस्या, हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईदेखि देशैभरी शिवशिखर बहुउदेशीय सहकारीको ठगिको विषयमा ध्यानाकर्षण गराएका छन । प्रधानमन्त्री प्रचण्डलाई माओवादी नेता लम्सालले कैलाली, कञ्चनपुरको सीमा समस्या, किसानका समस्या, शिवशिखर बहुउदेशीय सहकारीको ठगिको विषयमा किसान आम सर्वसाधारण बचतकर्ता मारमा परेको विषयमा सरकार गम्भिर भई दोषिमाथि कार्बाही गर्नुपर्ने माग अघि सारेका थिए ।

कञ्चनपुर, कैलालीमा हुलाकी राजमार्ग सहितका विविन ठुला आयोजना ढिलासुस्तीदेखि बेथितिबारे ध्यानाकर्षण गराउँदै लामो समयदेखि पुर्नस्थापनाको पखाईमा रहेका आरक्षपीडित, उखु किसानको अनुदान, मिटरब्याजी, लघुवित्त पीडित लगायतका विवित समस्यादेखिका विषयमा ध्यानाकर्षण गराएका छन । ‘मैले प्रधानमन्त्री ज्यू समक्ष कञ्चनपुर सहित समग्र सुप प्रदेशको विकास निर्माणदेखि सहकारी, लघुवित्तको ठगि सहितका विवित विषयमा छलफल गरेर ध्यानाकर्षण गराएको छु, ‘माओवादी नेता लम्सालले भने, ‘प्रधानमन्त्री ज्यूले हाम्रा कुरा सुनेर सम्बन्धीत निकायमा ध्यानाकर्षण गराउने बचन दिएका छन ।’


Loading Viewer...

ताजा समाचार

spot_img