लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको आज अन्तिम दिन


कञ्चनपुर : लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सफलपार्नमा माइती नेपाल अग्रणी स्थानमा आज अन्तिम दिन महेन्द्रनगर बसपार्कमा सचेतनामुलक कार्यक्रमको गर्यो आयोजना २५ नोभेम्बर देखि “लैङ्गिक हिंसाको अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा ललगानीको ऐक्यबद्धता” तथा हिंसा नगरौं, हिंसा सहेर नबसौं र हिंसा भएको देखेमा प्रतिकार गरौं भन्ने नाराका साथ शुरु भएको बर्ष २०२३ का लागि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको आज अन्तिम दिन । यही अवशरमा माइती नेपाल कञ्चनपुरले जिल्ला सदरमुकाम महेन्द्रनगरको बसपार्क तथा आसपास क्षेत्रमा मानव बेचविन तथा ओसारपसार र लैङ्गिक हिंसा बिरुद्ध सचेतना फैलाउन घरदैलो एवम् पर्चापम्फलेट बितरण अभियान सम्पन्न गरेको छ । माइती नेपालको नेतृत्वमा सञ्चालित सचेतनामुलक अभियान बिभिन्न सरकोकारवाला सरकारी निकाय तथा गैरसरकारी संघ/संस्था संगको समन्वय र सहकार्यमा सम्पन्न गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनु
भयो ।

संयोजक भट्टका अनुसार आज मात्रै सम्पन्न कार्यक्रममा बसपार्क र आसपास क्षेत्रका ५ सय बढी जनालाई सम्बन्धित बिषयमा मौखिक जानकारी प्रदान तथा पर्चा पम्फलेट बितरण गर्दै सचेतना प्रदान गरेको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान हरेक बर्ष २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म मनाईने गरिन्छ । बर्ष २०२३ का लागि यस १६ दिन अभियानको पहिलो दिन देखि नै माइती नेपाल कञ्चनपुर लागि परेको छ । अभियानको पहिलो दिन २५ नोभेम्बरमा गड्डाचौकी सिमानाका र आसपासको क्षेत्रमा घरदैलो तथा पर्चापम्फलेट बितरण गरी अभियानको शुरुवात गर्दै २६ नोभेम्बरमा भीमदत्त नगरपालिका वडा नं. १४, १६ र १८ का मानब बेचविखनको जोखिममा रहेका २६ जना किशोरीहरुलाई कानुनी अनुशिक्षण प्रदान गरेको थियो ।

अभियानकै दौरान २८ नोभेम्बरमा दोधाराचांदनी नगरपालिका आम्भोज स्थित अम्बिका मा.बि.मा फेरि किशोरीहरुका लागि अनुशिक्षण, ३० नोभेम्बरमा महेन्द्रनगरको मदनचोकमा दीप प्रज्वलन, तीन डिसेम्बरमा होटल न्यू आनन्दमा मानव बेचविखन तथा ओसारपसार बिरुद्ध कार्यरत सरोकारवाला निकाय तथा संघ/संस्थाका प्रतिनिधि संग अन्तरकृया, नौं डिसेम्बरमा जिल्ला सदरमुकामलाई दोधाराचांदनी संग जोड्ने चारलेन पक्की पुल आसपासका क्षेत्रमा घरदैलो तथा पर्चा पम्फलेट बितरण र आज महेन्द्रनगर बसपार्क भित्र तथा आसपासका क्षेत्रमा लैङ्गिक हिंसा एवम् मानव बेचविखन तथा ओसारपसार बिरुद्ध सचेतना फैलाउन घरदैलो तथा पर्चा पम्फलेट बितरण कार्यक्रको आयोजना गरिएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी गराउनु । संयोजक भट्टले यो अभियान सफल पार्न सहयोग गर्नुहने सबै प्रति आभार तथा धन्यबाद ज्ञापन गर्दै लैङ्गिक हिंसा र मानव बेचविखन तथा ओसारपसार बिरुद्धको यो अभियानमा आगामि दिनहरुमा पनि सबै पक्ष बाट यस्तै सहयोग समन्वय सहकार्य रहने बिश्वास समेत ब्यक्त गर्नुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img