क्रिकेट खेल प्रतियोगितामा विन्द्रावन सामुदायिक वन उपभोक्ता समूह प्रथम स्थानमा विजय


ईशु नेगी / महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कालिका सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको १९ औं क्रिकेट खेल प्रतियोगितामा विन्द्रावन सामुदायिक वन उपभोक्ता समूहले विजय हासिल गरेको छ् । शुक्रबार आयोजना गरेको क्रिकेट खेल प्रतियोगितामा विन्द्रावन सामुदायिक वन उपभोक्ता समूहले ड्रिम्स युथ क्लब बन्सालाई ७ ओभरमा २ विकेटले हराउँदै विन्द्रावन सामुदायिक वन उपभोक्ता समूहले पहिलो स्थानमा विजय हासिल गरेको हो ।

समाज सेवी अध्यक्ष मोहन ऐरले खेलाडी युवाहरूलाई खेलकुदका लागि निकै प्रोत्साहन गर्दै आइरहेका छन् भने, यसभन्दा अघि पनि उनले उक्त खेलका लागि युवाहरूलाई सहयोग गर्दै आइरहेका थिए । त्यसैगरी विजय भएका उपभोक्ता समूह टिमका क्रिकेट खेलाडी पारस ऐरले उक्त उपभोक्ता समूहले खेलमा समावेश हुनको लागि सहयोग मात्र नभई खेल अभ्यासका लागि समेत आफुलाई क्रिकेट खेलमा सहयोग गरेकोमा हार्दिक आभार व्यक्त गरेका छन् ।

कालिका सामुदायिक वन उपभोक्ता समूहले क्रिकेट खेल प्रतियोगितामा पहिलो स्थान जित हासिल गर्ने क्रिकेट टिमलाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरेको छ् भने, दोस्रो स्थान जित हासिल गर्ने क्रिकेट टिमलाई १ हजार ५ सय रुपैयाँ पुरस्कार दिने आयोजना समेत गरेको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img