क्रिकेट खेलाडीको क्षमता अभिबृद्धि गर्न शुक्लाफाँटाले एक लाख सहयोग गर्ने


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले कृष्णसार फाउन्डेसनमा आवद्ध क्रिकेट खेलाडीको क्षमता अभिबृद्धिका लागि रु एक लाख रकम उपलव्ध गराउने भएको छ । फाउन्डेसनलाई क्रिकेट प्रतियोगिता सञ्चालन गर्न तथा क्लोज क्याम्प सञ्चालन गर्नका लागि नगद रकम उपलव्ध गराउन लागेको हो । नगर कार्यपालिकाको निर्णय अनुसार फाउन्डेसनलाई नगद रकम उपलव्ध गराईन लागेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले बताउनु भयो । “प्रदेश, राष्ट्रिय र अन्र्तराष्ट्रिय क्रिकेटका प्रतियोगिताहरुमा नगरपालिकाका खेलाडीहरु सहभागी भएर नाम राख्न सफल भएका छन” उहाँले भन्नु भयो, “खेलाडीहरुको हौसला बढाई प्रोत्साहीत गर्नका लागि रकम उपलव्ध गराउन लागेका छौं ।” निर्णय गरिए अनुसारको रकम छिट्टै उपलव्ध गराईने उहाँको भनाई रहेको छ ।

धनगढीमा सञ्चालन भैरहेको लिटल फ्लावर प्रिमियर लिग(एलपिएल)मा फाउन्डेसनका तर्फबाट सहभागी हुने क्रिकेट खेलाडीलाई पोशाक, जर्सी लगायत हस्तान्तरण गरिएको उहाँले जानकारी दिनु भयो । फाउण्डेसनका अध्यक्ष विवेक रावलले नगरपालिकाको कार्यपालिकाले सहयोग गर्ने निर्णय गरेर क्रिकेट खेलाडीको मनोबल बनाउन सघाउ पुगेको बताउनु भयो ।
यो संगै नगरपालिको क्रिकेट खेलमैदान संगै खेलाडीलाई नेट अभ्यास र आवश्यक सामग्रीको व्यवस्था गर्नु पर्ने उहाँले बताउनु भयो । फाउन्डेसनका तर्फबाट एलपिएल क्रिकेट प्रतियोगितामा सहभागी हुन ललित भण्डारीको कप्तानीमा खेलाडीहरु आज त्यस तर्फ प्रस्थान गर्ने जनाईएको छ । प्रतियोगितामा देशभरका १६ क्रिकेट टिमको सहभागीता रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img