माईती नेपाल कञ्चनपुरको प्रभावकारी कार्य

२१ महिला, बालबालिकाको उद्धार, २९ जनालाई सिमामै रोकथाम


रमेश प्रसाद भट्ट / कञ्चनपुर: माईती नेपाल कञ्चनपुरले एक बर्षेको अवधिमा महिला हिंसा रोकथाम, मानव बेचविखन रोकथाम तथा नियन्त्रण, उद्धार र पुर्नस्थापनाका क्षेत्रमा प्रभाकारी कार्य गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आईतबार माईती नेपाल कञ्चनपुरले महेन्द्रनगरमा गरेको अन्तरक्रिया कार्यक्रममा बार्षिक कार्य प्रगतिमा २१ म्हिला, बालबालिकाको उद्धार र २९ जनालाई सिमामै रोकथाम सहित महिला हिंसा सामाधाका क्षेत्रमा थुप्रै कार्य गरेको जनाएको हो ।

मानव बेचविखन रोकथाम तथा नियन्त्रण, घरेलु हिंसा, उद्धार तथा पुर्नस्थापनाका क्षेत्रमा काम गदै आएको माईती नेपाल मञ्चनपुरले २०२३ जनवरी देखि नबेम्बर सम्मको आफ्नो कार्य प्रगतिमा २१ जना चेलीबेटीको भारतका विभिन्न स्थानबाट उद्धार, कञ्चनपुर जिल्लामा २९ र सुदूरपश्चिम प्रदेशमा ७२ जना महिला तथा बालवालिकालाई सिमामै रोकथाम, १०८ पारिवारीक मिलन, १९ वटा घरेलु हिंसाका मुद्धा सामाधान गरिएको माईती नेपालकी कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताउनु भयो । उनले भने “खुला सिमा नाकाका कारणले मनव तस्करी रोकथाम तथा नियन्त्रणमा चुनौती रहको बताए ।”
भरतका विभन्न ठाउँमा राम्रो काम लगाई दिने प्रलोभनमा नेपाली भेलीबेटी बढी जसो भारतमा बेचिने गरेको उनले बताउनु भयो । ‘यस बर्ष हामिले २१ जनालाई भारतबाट उद्धार गर्यो जसमा गुजरातबाट १, मुम्बई ३, दिल्ली–४ जना, पुना–५ जना, पंजाव–२ जना, पिथौरागड –२ जना, हिमाचंल –४ जना नेपाली चेलीहरुको उद्धार गरेर ल्यार्यो संयोजक भट्टले बताए ।’ यस्तै सिमानाकामा ४ हजार १ सय ७९ वटा सवारी साधनलाई चेकजाच, सिमानाकामा परामर्श गरी सोझै घर फर्काएका १६ जना, खेजतलासका लागि १ सय ५४ वटा निवेदन दर्ता भएको भएकोमा खोजतलास गर्दा ४३ जना फेला परेका छन् ।
घरेलु हिंसाका २९ वटा मुद्धा दर्ता भएकोमा १९ वटा मुद्धा सामाधान गरिएको समेत माईती नेपाल कञ्चनपुरले जनाएको छ । यस्तै मानव वेचविखन विरुद्धका ३ वटा मुद्धा दर्ता भएका छन् ।

मनव वेचविखनको मुख्य कारण भनेको गरिबी, महत्वाकाक्षी, झुटो मायाजालमा विवाह साथीभाई र परिवारको दवाब, घरेलु हिंसा साथ साथै मोवाईल फोन र सामाजिक सञ्जालको दुरुपयोगले गर्दाले घटनामा हुने गरेको माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले बताउनु भयो । आयोजित अन्तरकृया कार्यक्रममा भिमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखक जोशी, विभिन्न क्षेत्रमा कार्यरत महिला र सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै उप प्रमुख लेखकले मानव बेचविखन रोकथाम तथा नियन्त्रण र महिला हिंसा न्यनिकरणका क्षेत्रमा माईती नेपालले गरिरहेको कार्यको प्रशंसा व्यक्त गदै हरेक यस्ता कार्यमा भिमदत्त नगरपालिकाको पनि साथ सहयोग रहने बताए ।

यसरी मानव बेचबिखन जस्तो जघन्य अपराधको शिकार हुन नदिनका लागि माइति नेपालले समुदायस्तरमा विभिन्न प्रकारका जनचेतनामुलक कार्यक्रमहरु जस्तै घरदैलो तथा पर्चा पम्पलेट वितरण , किशोरीहरुलाई मानव बेचबिखन विरुद्ध कानुनी अनुशिक्षण, सडक नाटकहरु गर्दै आएको माईती नेपाल कञ्चनपुरले जनाएको छ ।


ताजा समाचार

spot_img