कञ्चनपुर : भारतको कलकत्तामा दुई दिने ईन्टरनेशनल कराते प्रतियोगिता हुने भएको छ । भारतको कलकत्तामा डिसेम्बर २५ र २६ तारेखमा दुई दिने ईन्टरनेशनल कराते प्रतियोगिता हुने भएको हो । उमेर समुह २० के जि देखि ८५ ओभर रहेको उक्त खेलमा सहभागी हुनको लागि खेलाडीहरुको छनौट गरिएको छ। शनिबार जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालको कंचनपुर जिल्ला कभर्डहलमा खेलाडीहरुको छनौट गरिएको कराते डो. कोशिाई सितोरियो का गुरु हन्सीले बताए उक्त कराते प्रतियोगितामा छनौट भएका खेलाडीहरुको नाम यसप्रकार रहेको छ।

प्रकाश सुनार, सोनम पुजारा, हरिश भण्डारी, लोक राज चुनारा, सुदिप कठायत, डम्बर भट्ट, टिकेन्द्र भट्ट, पबेन्द्र धामी, सन्चिता ठगुन्ना, बबिता ठगुन्ना ,राजेन्द्र प्रसाद कलौनी, शुभाश भट्ट, शुभम राजगुरु, सुसान्त भट्ट, सागर भट्ट, दिपेश साउद, समीर भट्ट, सन्ध्या मल्ल, अनमोल सुनार, तेन्जिङ चौधरी, कोमल ओड, खुशी सुनार, बिजेश ओड, दिपेश नाथ, पुजा चौधरी, करुणा दमाई, प्रिन्स साउद, रुपेन्द्र सिंह धामी, हिमान्सु राना, जेनिश साउद,आरिया पडाल, नितेश जोशी, किरण बम, सन्देश पाल लगायतका खेलाडीहरु नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै छन् ।











