शुक्लाफाँटाका १९ विद्यालयमा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम


राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा शुक्लाफाँटा नगरपालिकाले विद्यालय सचेतना कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयमा हुने लैङ्गिक हिंसा रोकथामका लागि नगरपालिकाको महिला विकास शाखाले अभिमुखिकरण मार्फत सचेतना कार्यक्रम सञ्चालन गरेको हो । सचेतना अभियानमा नगरपालिका क्षेत्र भित्रका सामुदायिक ३२ र संस्थागत २५ गरी ५७ विद्यालय मध्ये माध्यमिक तहमा पढाई हुने १९ विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन भैरहेको छ ।

कार्यक्रममा विद्यालयका कक्षा ९ र १० का गरी पाँच सय बढी विद्यार्थीलाई सहभागी गराई लैङ्गिक आधारमा हुने शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसा बारे सचेत पार्ने कार्य भैरहेको महिला विकास शाखका प्रमुख कमला जोशी बताउनु भयो । “विद्यालय भित्र हुने यौनजन्य लैङ्गिक हिंसा बारे छात्राहरुलाई जानकारी दिन्छौं” उहाँले भन्नु भयो, “यसबाट बच्ने र कानुनी उपचार बारे सचेत पार्छौ ।”यो संगै विद्यार्थीलाई बालविवाहका कारण सृजित हुने लैङ्गिक समस्या र त्यसको निराकरणका उपायबारे जानकारी दिईने उहाँले बताउनु भयो । लैङ्गिक हिंसा सार्वजनिक तथा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य, मानसिक क्षति, पीडा पु¥याउने कार्य भएको उल्लेख गर्नु हुदै उहाँले लैङ्गिक हिंसाले अपमानजन्य, पीडाजन्य, धम्कीपूर्ण व्यवहार, दवाव, करकाप, स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कार्य पनि भएको बताउनु भयो ।

उहाँका अनुसार शारिरि हिंसा अन्र्तगत पर्ने कुटपिट, जबरजस्ती, गर्भपतन गर्न लगाउनु, महिलालाई कामको बोझ थपेर दुःख दिनु, शारीरिक रुपमा घाऊ, चोटपटक लाग्ने गरी हिंसा गर्नु र शारीरिक यातनाको डर, धाक, धम्की दिने, गालीगलौच गर्ने, अपशब्द बोल्ने कार्य पर्दछन । “बैचारिक, धार्मिक, साँस्कृतिक तथा परम्पराका आधारमा गरिने भेदभाव पनि शारिरिक हिंसा अन्र्तगत गर्दछ । यी कुराहरु बारे विद्यार्थीलाई जानकारी दिने कार्य गरि रहेका छौं” उहाले भन्नु भयो, “समाजमा कुरितिका रुपमा रहेका बालविवाह, बोक्सिको आरोप, झुमा, देउकी, वादी, बोक्सी, बहुविवाह, रजस्वलाको समयमा गरिने छुवाछुतको व्यवहारका बारेमा विद्यार्थीलाई सचेत पर्नमा जुटेका छौं ।” विद्यालयमा अध्ययन गर्ने स्थान,सार्वजनिक स्थानमा हुने बलात्कार, बलात्कारको प्रयास, यौन दुव्र्यवहार, यौनशोषण, जबरजस्ती संवेदनशील अगंहरु छुने लगायतका कार्य पनि लैङ्गिक हिंसा भित्र पर्ने भएकाले यस्ता घटनाहरु चिनेजानेकै व्यक्तिहरुबाट बढी हुने भएकाले विद्यार्थीलाई सचेत पार्ने कार्यमा लागेको उहाँको भनाई रहेको छ ।

“आर्थिक लेनदेन र घर भित्रकै महिला भएकै कारण अंशमा हुने विभेद पनि एक प्रकारको हिंसानै हा”े शाखा प्रमुख जोशीले भन्नु भयो, “आर्थिक कारणबाट हुने विभेदपूर्ण व्यवहारको अन्त्यका लागि आवाज उठाउनु पर्छ भन्ने भावना विद्यार्थीमा जागृत गर्दैछौं ।” सचेतना कार्यक्रममा सहभागी श्रीकृष्ण माध्यमिक विद्यालयका छात्रा ज्योती चौधरीले कार्यक्रममा सहभागी भएपछि शारिरिक हिंसा, सामाजिक हिंसा, यौनजन्य हिंसा र आर्थिक हिंसाका बारेमा जानकारी पाईएको बताउनु भयो । “लैङ्गिक हिंसा बारे जानकारी पाए पछि सचेत भएका छौं” उहाँले भन्नु भयो, “अधिकांस विभिन्न प्रकारका हिंसाका घटना चिनेजानेकै व्यक्तिहरुबाट हुने गरेका छन, त्यस्तो गर्नेलाई अभिभावक, अधिकारकर्मीको सहयोगमा कानुनी उपचारमा लग्छौं ।” हिंसा रहित समाज निर्माणका लागि यस कार्यक्रमले टेवा पुरयाउने नगर उप प्रमुख कल्पना पन्तले बताउनु भयो ।
“महिला हिंसा विरुद्धमा महिला बालबालिका तथा पुरुषहरुको सहभागीता बृद्धि गरी एकवद्धता जनाउने उद्देश्यले १६ दिने महिला हिंसा विरुद्धको दिवस प्रत्येक वर्षको २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म मनाउने गरिन्छ” उहाँले भन्नु भयो, “यसै क्रममा महिला हिंसा विरुद्धमा भएका स्थानिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास बारे विद्यार्थीलाई जानकारी दिने कार्य भैरहेको छ ।”

लैंङ्गिक हिंसा गर्ने कार्य मानव अधिकारको ठाडो उल्लंघन भएकाले यसले व्यक्ति, परिवार, समुदाय र राज्यलाई नोक्सानी पुरयाउने भएकाले यसलाई निवारण गर्न राज्यले नीतिगत , कानुनी तथा संस्थागत संयन्त्रहरु निर्माण गरेको उहाँले उल्लेख गर्नु भयो । हिंसा भएमा सहेर बस्नु हुदैन उहाँले भन्नु भयो, यसका लागि कानुनी उपचार, सामाजिक संरक्षण, सामुदायिक अग्रसरता र लैंङ्गिक हिंसा सम्बोधन गर्ने व्यवस्था सरकारले गरेको उहाँको भनाई रहेको छ । नेपालको संविधानमा समानताको हक, लैंङ्गिक विभेद विरुद्ध कानुनी व्यवस्थाका साथै राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग आदीको व्यवस्था गरेको छ । नगरपालिकाले सञ्चालन गरेको नगर सेफहाउसमा चालु आबको हाल सम्म लैंङ्गिक हिंसा सम्बन्धीका ६८ वटा उजुरी दर्ता भएका छन । दर्ता भएका उजुरीमा महिला माथि गालिगलौज, कुटपिट, यौनजन्य दूव्र्यवहार, शारिरिक यातना, घर निकाला, बहुविवाह लगायका रहेका छन । केही उजुरी मिलापत्रमै टुङग्याईएका छन भने केही मिलापत्र हुन बाँकी रहेका छन । मिलापत्र हुन नसकेका उजुरीलाई अदालतमा न्यायका लागि मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img