कञ्चनपुर:कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा खाजानास्ता पकाउने तालिम शुरु भएको छ । बिहीबारदेखि शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा खाजानास्ता पकाउने तालिम शुरु भएको हो । ‘सिप सिकौँ स्वावलम्बी बनौँ आत्मानिर्भर बनौँ एक घर, एक रोजगारी एक घर एक सहकारी’ भन्ने नाराका साथ नेपाल युथ फाउन्डेसन नेपालको आर्थिक सहयोगमा कञ्चन कोअपरेटिभ सर्भिस लिमिटेडको झलारी शाखाको आयोजनामा खाजा नास्ता पकाउने तालिम शुरु भएको जनाईएको छ । शुक्लाफाँटा नगरपालिका ११का वडाध्यक्ष शेर बहादुर साउदले तालिमको उद्घाटन गर्दै तालिममा सिकेका विषयबस्तु व्यवहारिक कार्यान्वयमा जोडदिएका छन ।
कञ्चनकोअपरेटिभ सर्भिसलिका सञ्चालक समिति सचिव भिम बहादुर साउदको अध्यक्षतामा उद्घाटन भएको कार्यक्तममा प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिका ११ का वार्ड अध्यक्ष शेर बाहादुर साउद, बिशिष्ट अतिथि कञ्चनको अपरेटिभ सर्भिस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत संकर बहादुर कार्की, बिशिष्ट अतिथि नेपाल युथ फाउन्डेसन नेपालका कार्यक्रम संयोजक मान बहादुर क्षेत्री, धनगढी उपमहानगरपालिका रोजगार शाखा प्रमुख चन्द महरा, अतिथि नेपाल युथ फाउन्डेसन नेपालका तालिम व्यवस्थापक जगत राम थारू, अतिथि तालिम प्रशिक्षक सुरेन्द्र चौधरी रहेका थिए ।
१० दिन सम्म चल्ने तालिममा २०जना सहकारी सदस्यलाई सिप सिकाएर रोजगारार बनाउने आर्थिक उन्नति प्रगति गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा गरेको जनाईएको छ । धनगढी उपमहानगरपालिका रोजगार शाखा संयोजक चन्द महराको बिशेष पहलमा कार्यक्रम सञ्चालनमा भएको जनाईएको छ । कार्यक्रमको सञ्चालन तथा शुभकामना मन्तब्य कञ्चन को अपरेटिभ सर्भिस लिमिटेडका झलारी शाखा प्रमुख धनन्जय अवस्थीले गरेका थिए ।










