कौसिबारीका अभियन्ता धामीले नि:शुल्क कपडा उपलब्ध गराउने

कञ्चनपुर : कञ्चनपुरका पत्रकार एंवम कौसिबारीका अभियन्ता धन सिह धामीले एकदिने अर्थात नव आगन्तुक शिशुलाई नि:शुल्क कपडा उपलब्ध गराउने भएका छन् ।

भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको पुरानो मिनि मार्केटमा रहेको आफनै पसलबाट नव आगन्तुक शिशुलाई नि:शुल्क रुपमा एक जोड लुगा उपब्ध गराउने भएका हुन् । पसलमा आउँनेहरुलाई सुफत मुल्यमा अन्य कपडाहरु पनि उपलब्ध गराईने र नव आन्गतुक शिशुलाई नि:शुल्क रुपमा लुगा दिईने पत्रकार एंवम कौसिबारीका अभियन्ता धन सिह धामीले
बताए ।

यो चिशोमा आफनो तर्फबाट शिशुहरुलाई सामाजिक उत्त।दायित्व अन्तरगत आफुले सानो सहयोग गरेको बताए । नव आगन्तुक शिशु हो वा होईन भनेर पूर्णरुपमा एकिन भएपछि मात्रै कपडा उपलब्ध गराईने उनले बताए । पत्रकार एंवम कौसिबारीका अभियन्ता धन सिह धामीले निशुल्क रुपमा ड्रागन फलका विरुवाहरु पनि वितरण गर्दै आएका छन् ।

ताजा समाचार