समाज सेवी चाँदनी ऐर र भागरथी बडालको पहलमा भुकम्प पिडित परिवारलाई राहत वितरा

कञ्चनपुर : कार्तिक १७ गते गएको भुकम्पमापरी ज्यान गुमाएका जाजरकोट नलगाढ वार्ड न ७, ५, १ का परिवारलाई पहिलो चरणमा, दोस्रो चरणमा अपाङ्ग अशक्त र दलित परिवारलाई, तेस्रो चरणमा एकल महिला वृद्ध वृर्दा अनाथलाई , चौथो चरणमा पुर्णक्षती भइ घरहरू ध्वस्त भएका पीडित परिवारलाई समाजसेवी चादनी ऐर र भागरथी बडालको पहलमा घर घरमा बस्ती बस्तीमा गएर प्रत्यक्ष पीडित परिवारलाई नै राहत बितरण गरेका छन् ।

उक्त सहयोग देश तथा बिदेश बाट मनकारी दाताहरुद्वारा र पुर्व एस.एस.पि. चक्र सिंहको सहकार्यमा कोरिया बाट उल्सान सिंहको बिशेष पहलमा उल्सान नेपाली समाज, ख्यङजु नेपाली एकता समाज, अन्याङ नेपाली समाज र कैलालीका समाजसेवी कबिन्द्र ठकुल्ला, समाजसेवी दिपक चौहान र ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल बाट चादनी ऐरको पहल तथा सहकार्यमा २२५ परिवारहरुलाई स्थानीय नलगाढ वार्ड ७ का समाजसेवी महेश सिंह ज्युको सहजीकरणमा राहत बितरण गरिएको छ ।

समाज सेवी चाँदनी ऐरले यस भन्दा पहिले अछाममा गएको भुकम्पमा परी घाइते भएका परिवारलाई  पनि सहयोग गरेकी थिइन् ।

ताजा समाचार