छोराको जन्मदिनको अवसरमा अनाथालयमा रमाउदैं कलौनी परिवार

महेन्द्रनगर : कञ्चनपुरको वेदकोट नगरपालिका ९ लालपुरका स्थानिय एवम कला स्ंस्कृती प्रेमी युवा सर्जक प्रकाश कलौनीले आफनो छोराको जन्मदिन अनाथ बालबालिकासंग रमाउनुका साथै उनीहरु सँगै मनाएका छन् । आफनो जेष्ठ सुपुत्र योगेश कलौनीको ५ वर्ष पुरा गरी छैँठौ वर्षमा प्रवेश गरेको अवसरमा उनले कञ्चनपुरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका १२ जना बालकहरुलाई खिर, स्टेशनरी, फलफुल लगायत सहयोग गरेको कलौनीले बताए । सुदूरपश्चिमका थुप्रै हिट गितको रचता गरेका कलौनी समाजिक कार्यमा पनि अगाडि छन् ।

पछिल्लो समय युवाहरु आफनो जन्मदिन होटलमा गएर मनाउने र फजुल खर्च गर्ने परिवेष रहेको अवस्थामा आफुले होटलमा गएर फजुल खर्च गर्न नचाहेर अनाथालयमा रहेका बालकहरुलाई सहयोग गरेको उनले बताए । हरेक युवाहरुले होटलमा गएर आफनो जन्मदिन मनाउनु खर्च गर्नु भन्दा आनाथालयमा आएर सहयोग गर्न उनले आग्रह गरे, सानो सहयोग होला तर कोही आफन्त नभएका यी सानाबाबुहरुलाई पनि आफन्त भएको महसुस गराई दिन र आएर सहयोग गरिदिन आग्रह गरे । उक्त अवसरमा कलौनीका आफन्त लगायत घरपरिवारको बाक्लो उपस्थिती रहेको थियो ।

ताजा समाचार