बझाङका भुकम्प पिडितलाई एनएनएसडब्लुए र डिसीएले दियो आईएमई मार्फत सहयोग

दोधारा । बझाङका भुकम्प पिडितलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालले राहत सहयोग गरेको छ् । बझाङ जिल्लाका माष्टा गाँउपालिकामा रहेका भुकम्प पिडितहरुलाई ४ सय १० घरधुरीलाई प्रति घरधुरी रु. १५ हजारको दरले आईएमई मार्फत राहत रकम भुक्तानी गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् । बझाङमा असोज १६ गते गएको भुकम्पले ठुलो धनजनको क्षती गरेको थियो ।

भुकम्पले पुर्ण क्षती भएका गर्भवती, सुत्केरी, अपांग, जेष्ठ नागरिक, गरिब तथा बिपन्न समुदायका घरपरिवारलाई आईएमई मार्फत उत्त: राहत बितरण कार्य सुरु गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बझाङ जिल्लाका माष्टा गाँउपालिकाबा खबर पठाएका छन् । सुरुवाती हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरु, डिसीए नेपालका दिनेश गुरुङ्ग, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनका प्रभुनिधी पन्त लगाएत, माष्टा गाँउपालिकाका प्रनिनिधी तथा भुकम्पपिडतहरुको उपस्थिती रहेको थियो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालले बिपद्को क्षेत्रमा प्रखररुपमा कार्य गर्दै आएको छ् । यस अघि उक्त गाँउपालिकामा गर्भवती महिला, स्तनपान गराई रहेका महिला, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकहरुका लागि साहयता समाग्री बलंकेट सहयोग गरेको संस्थाले जनाएको छ् ।

ताजा समाचार