कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरका एक वडाध्यक्षले वडाको क्लबलाई समाजिक कामका लागि आर्थिक सहयोग गरेका छन । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले वडाकै आर्दश विकास समाज क्लबलाई समाजिक कामका लागि आर्थिक सहयोग गरेका हुन ।
वडाध्यक्ष थापाले आफ्नै भत्ताबाट उक्त आर्दश विकास समाज क्लबलाई समाजिक कामका लागि आर्थिक सहयोग गरेको बताए । वडाध्यक्ष प्रकास थापाले आफुले चुनावका बेला गरेको बाचा अनुरुप वडामै रहेको आर्दश विकास समाज क्लबलाई ११हजार सहयोग गरेको बताए । सोमबार एक कार्यक्रमका विच आर्दश विकास समाजका अध्यक्ष नरेश सार्कीलाई हस्तान्तरण गरिएको छ ।
वडा अध्यक्ष थापाबाट व्यक्तिगत समाजिक कामका लागि सहयोग पाएपछि क्लबले उक्त रकम समाजिक काममा लगाउने जनाएको छ । अन्य क्लबलाई समेत सहयोग गर्ने उनले बताए । यस अघि दशैँका बेला वडाध्यक्ष थापाले केही विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका थिए ।