बेलडाँडी सुपर डान्सर २०८०: कार्तिक २३ गते सम्पन्न हुने,फाइनलमा ६ प्रतिस्पर्धी

सुपर डान्सर २०८० को फाइनलमा ६ जना ,को बन्छ बेलडाँडी सुपर डान्सरको च्याम्पियन


कञ्चनपुर: जिल्लाको बेलडाँडीमा ‘बेलडाँडी सुपर डान्सर’ प्रतियोगिता २०८० को औपचारिक उद्घाटन भए संगै फाइनल उपाधी बेलडाँडी सुपर डान्सरको च्याम्पियनका लागि टप-६ बीच प्रतिस्पर्धा हुने भएको छ।

बेलडाँडि सुपर डान्सरको फाइनल फिनाली कार्तिक २३ गते बेलडाँडी वडा न.२ मा रहेको बषपार्कमा हुने भएको छ। जसमा सुपर डान्सर टप -६ जनाले फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको प्रथम बेलडाँडी सुपर डान्सर २०८० का जज् (निर्णायक) आरके कमल टमटाले बताउनु भयो।उनका अनुसार , आगामी टप सुपर ८ का लागि प्रतिस्पर्धा हुने भनिएको तर त्यो केही उपस्थिति नहुदाँ सिधै टप-६ को छनोट भएका थिए । सुपर डान्सर मा अडिसनमा १३४ जनाको सहभागिता रहेको थियो। जसमा १३४ जनामा प्रारम्भिक छनोटको अडिसन बाट ५८ जना रहेका छनोट भएका थिए। ५८ जनाबाट प्रतिस्पर्धा गर्दै २२ जना छनोट गरिएका थिए। जसमा उनिहरुले मेगा अडिसनमा स्थान पक्का गरेका थिए।

असोज २० गते सनिवार मेगा अडिसन बाट सुपर १२ मा २२ बाट आसिका पार्कि,केसब बिस्ट, सन्ध्या नाथ,बिनोद सुनार,रोसनी पाल,पवन सिह ठकुरी,रामु सुनार,अस्मिता कोलि,अस्मिता राना,रितु पार्कि,बिनीसा बि.क र जयन्ती गिरी लगायत १२ जनाले आफ्नो स्थान सुरक्षीत गरेका थिए। मेगा अडिसन बाट बिपना कुवर (बैकल्पिक) छनोट मा परेकी थिन।असोज २७ गते सनिवार टप १२ बाट सिधै आफ्नो टप -६ मा आसिका पार्कि, बिपना कुवर ,बिनिता बि.क , रामु सुनार, अस्मिता राना र रितु पार्किले फाइनलको यात्रा पक्का गरेको छ । अब सुपर डन्सर प्रतियोगिताको ग्रान्ड फिनाली (फाइनल ) कार्तिक २३ गते बिहान १० बजे बाट हुने आयोजकले बताएको छ।

विभिन्न मनोरञ्जनात्मक कार्यक्रम उत्पादन, बजारीकरण र प्रसारण गर्दै आएको न्यु आराधना कला मन्दिरले बालबालिका तथा युवाको प्रतिभा प्रदर्शन गराउने लक्ष्य राखेर प्रतियोगिता गरेको सञ्चालक आर के कमल टमटाले बताए। उनले भने, नृत्य प्रेमी युवा तथा बालबालिकाप्रति लक्षित गरी ‘बेलडाँडी सुपर डान्सर’ आयोजना गरिएको हो । बेलडाँडी गाउँपालिका पुरै तथा बेलौरी नगरपालिकाका ८,९ र १० नम्बर वडाबाट प्रारम्भिक चरणको अडिसन मार्फत ५८ जना छनौट गरी असोज १३ गते शनिबारदेखि औपचारिक रूपमा पुनः प्रतियोगी छनौट चलेको थियो।असोज १३ गते शनिबार बेलडाँडी गाउँपालिका वडा नम्बर २ खप्रेश्वर मन्दिरको हलमा प्रतियोगिताको उद्घाटन बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिस चन्द्र रानाले गर्नु भएको थियो।

सुपर डान्सर बाट छनोटमा छानिएका प्रतियोगीहरूलाई निरन्तर मूल्याङ्कनकर्ताहरू मार्फत च्याम्पियन छनौट गरिने जसका लागि आरके कमल टमटा, पुनम चन्द साउद र भूपेन्द्र रानाले मूल्याङ्कनकर्ता (जज) को भूमिका गरिरहेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img