राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन जिल्ला कार्यसमिति कञ्चनपुरले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कञ्चनपुर : राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन जिल्ला कार्यसमिति कञ्चनपुरले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । विजयादशमी, शुभ दीपावली एवम् छठ पर्व २०८० को अवसरमा शनिबार राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन जिल्ला कार्यसमिति कञ्चनपुरले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन जिल्ला कार्यसमिति कञ्चनपुरका अध्यक्ष भीम सिह महराको अध्यक्षता रहेको थियो भने जन स्वास्थ्यकर्मी महासङ्घका केन्द्रिय उपाध्यक्ष पंकज रावलको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन जिल्ला कार्यसमिति कञ्चनपुरका अध्यक्ष भीम सिह महराले दसैँ, तिहार, नेपाल सम्वत् र छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। साथै चाडपर्व स्वास्थ्य तथा सुरक्षामा ध्यान दिँदै मनाउन आग्रह गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि तथा जन स्वास्थ्यकर्मी महासङ्घका केन्द्रिय उपाध्यक्ष पंकज रावलले दसैँ, तिहार, नेपाल सम्वत् र छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै चाडपर्वको बेलामा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

स्वास्थ्य कार्यालय कञ्चनपुरको हलमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी धर्मानन्द भट्टले गरेका थिए। कार्यक्रममा बिभिन्न जिल्लामा कार्यरत स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा अधिकांश वक्ताहरूले चाडपर्व सुरक्षित साथ बनाउनुपर्नेमा जोड दिएका छन् ।

ताजा समाचार