कञ्चन कोअपरेटिभ सर्भिस लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न


कञ्चनपुर : “आर्थिक सम्मृद्धिको लागी कञ्चन कोअपरेटिभ” भन्ने नाराका साथ कञ्चन कोअपरेटिभ सर्भिस लिमिटेडको दोस्रों वार्षिक साधारण सभा मिती २०८० कार्तिक १८ गते शनिवार होटेल ओपेराको सभा हलमा सञ्चालक समितीका अध्यक्ष विष्णु सिंह विष्टको अध्यक्षतामा सम्पन्न भयो । सभाको सञ्चालन संस्थाका शाखा प्रबन्धक राजेन्द्र प्रसाद जोशीले गर्नु भएको थियो । स्वागत मन्तव्य सञ्चालक समिति सदस्य बामा ओझा चटौतले गर्नु भएको थियो । कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि शुसिल कुमार भट्टले गर्नु भएको थियो ।

स्वागत तथा कार्यक्रम वारे जानकारी दिदै संस्थाको गतीविधिहरु वारे संस्थाका सचिव भीम बहादुर साउदले प्रकास पार्नु भएको थियो । संस्थाका शोयर सदस्य राजेन्द्र प्रसाद बोकटीले संस्थाका बहुपक्षिय आयामहरुको वारेमा प्रकास पार्नु भएको थियो । शुभकामना मन्तव्य राष्ट्रिय सहकारी बैंक महेन्द्रनगर का शाखा प्रबन्धक  नवीन क्षेत्री, भी.न.पा. सहकारी शाखा प्रमुख बिमला भाट साउद, वरिष्ठ उद्यमी व्यवसायी जङ्ग बहादुर चन्द, पुर्व प्रमुख जिल्ला अधिकारी तथा अधिवक्ता शंकर बहादुर विष्टले दिनु भएको थियो । सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका तर्फवाट विशिष्ट अतिथि देवराज पन्तले निति निर्देशन तथा सल्लाह सुझाव सहितको मन्तव्य दिनु भएको भयो ।

अध्यक्ष विष्णु सिंह विष्टले पेश गर्नु भएको आ.ब. २०७९/०८० को सञ्चालक समितिको बार्षिक प्रतिवेदनमा संस्थाको संक्षिप्त वित्तीय विवरण लगायत भावि कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । संस्थाको सञ्चालक समितिको तर्फवाट अध्यक्ष विष्णु सिंह विष्टले दोस्रो बार्षिक साधारण सभामा पेश गरेका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतीवाट पारित भएका थिए । अन्तमा दोस्रो वार्षिक साधारण सभाका अध्यक्ष विष्णु सिंह विष्टले संस्थाका सेयर सदस्य लगायत उपस्थित सम्पुर्णलाई नियमनकारी निकायले दिएको निर्देशनको अधिनमा रही संस्थाले यस संस्थाको उत्कृष्ट सेवा सुविधाहरु सदस्यहरुको घरदैलो सम्म पु¥याउने गरी संस्थाले आगामी दिनमा काम गर्ने लक्ष्य लिने छ भनी सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दे सभाको औपचारिक समापन गर्नु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img