बडुवाल टोलमा जंगली हात्तीले फेरि घर भत्कायो, दुई सातामा ६ घरमा क्षती

दोधारा । बडुवाल टोलमा जंगली हात्तीले फेरि एक घर भत्काएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका सुरज सुनारको घर भत्काएर खाद्यान्न, लत्ताकपडा तथा भाडाकुडामा क्षती गरेको स्थानियबासी महाविर क्षेत्रीले जानकारी दिएका छन् । घरमा कोही नभएको अवस्थामा मध्यरातमा भारतिय जंगलबाट भित्रिएको ३ वटा हात्तीले सुरज सुनारको घर भत्काएको हो । स्थानियबासी, सशस्त्र प्रहरीको एक टोलीले हात्तीलाई धपाएका हुन् ।

हात्तीलाई धपाउन जाँदा उल्टै लखेट्न आउने गरेको स्थानिय महाविर क्षेत्रीले बताएका छन् । झण्डै २ घण्टाको प्रयासबाट हात्ती जंगल तर्फ गएको स्थानियहरुले बताएका छन् । बडुवाल टोलमा बिगत लामो समय देखि जंगली हात्तीले मानविय तथा धनमाल क्षती गर्दै आएको भएपनि सरकारले कुनै प्रकारको सहयोग नगरेको स्थानियहरुको गुनासो छ् ।

एक सातामा चम्फा सार्की, दिपक औजी, अमर मगर र रने सार्की, सुरज सुनार, लिला मगरको घर तथा भान्सा हात्तीले भत्काएको छ् । हात्तीको आक्रमणको डरले कच्ची घर भएकाहरु छिमेकीको पक्की घरमा आश्रय लिएर बस्न बाध्य भएका छन् ।

ताजा समाचार