पाचौं निसर्ग सुदूरपश्चिम प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगीताको महिला तर्फ फाइनलमा मनकामना र मसुरिया एकेडेमी

उपाधिका लागि महिला तर्फ आयोजक मनकामना र मसुरिया एकेडेमी भोलि भिड्नेछन्

धनगढी: पाचौं निसर्ग सुदुरपश्चिम प्रदेश क्लव स्तरिय महिला, पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता-२०८० को महिला तर्फ फाइनलमा मनकामना युवा क्लब र मसुरिया एकेडेमीले स्थान सुरक्षीत गरेको छ।मनकामना युवा क्लव धनगढी उपमहानगरपालिका वडा न. १२ जुगेडाको आयोजनामा आज देखी ५ औँ निसर्ग  प्रदेश क्लव स्तरिय महिला पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता २०८० को महिला तर्फ मंगलबार आज मसुरिया एकेडेमी र पटेला स्मार्ट बिचको खेलमा निर्धारित समयमा दुबै टिमले गोल नगर्न सक्दा खेल ट्राईबेकरमा गएको थियो। ट्राईबेकरमा मसुरिया एकेडेमीले ४-३ गोलको अन्तरले पटेला स्मार्ट लाई पाखा लगाउदै फाइनलको यात्रा पक्का गरेको छ। भने पुरुष भेट्रान तर्फ पुनर्वास नगरपालिकाले ग्रेन ल्यान्ड पार्क बिकास समिति लाई २-१ गोलको अन्तरले हराएको छ।मनकामना युवा क्लबले कार्तिक १३ गते लालझाडी-११ महिला टिमलाई हराउदै फाइनल प्रवेश गरेको थियो। यो संगै फाइनल महिला तर्फ भोलि दिउँसो १२ बजे मसुरिया एकेडेमीको सामना उपाधिका लागि मनकामनाले गर्ने छ। उक्त खेलमा विजेता टिमले महिला तर्फ च्याम्पियन बन्ने छ। ५० हजार धनराशि पुरस्कार हात पार्ने छ।हरेक बर्ष आयोजना हुँदै आइरहेको उक्त प्रतियोगीतामा पुरुष तर्फ ८ ओटा टोलीले सहभागी जनाएका छन्। भेट्रान तर्फ ७ ओटा भेट्रान पुरुष टिम रहेका छन्। भने महिला फुटबल टिममा ५ टिमको सहभागिता रहेको आयोजकले बताएको छ।पुरुष तर्फ प्रथम हुनेलाई १ लाख, भेट्रान तर्फ ७१ हजार र महिला तर्फ ५० हजार र यस्तै पुरुष तर्फ दितीय हुनेलाई ५० हजार, भेट्रान तर्फ ४० हजार र महिलालाई २५ हजार नगदसहित प्रमाणपत्र दिइने बताए।

ताजा समाचार