कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित बेलडाँडी फुटबल महोत्सव २०८० एक कार्यक्रम मंगलबार भब्यताका साथ सम्पन्न भएको छ।
एकता युवा समाज बेलडाँडीको आयोजना रहेको फुटबल प्रतियोगिता २०८० मंगलबार एक कार्यक्रमका साथ सम्पन्न भएको हो। फाइनल खेल नेपाल पुलिस र झिलमिला युवा समाज बिच भएको रोमाञ्चक खेलमा झिलमिला युवा समाजलाई नेपाल पुलिस क्लबले ३-२ गोलको अन्तरले हराउदै उपाधी जितेको हो।

विजेता हुने टिम नेपाल पुलिसले बेलडाँडी क्षेत्रकै हालसम्मको सबैभन्दा ठुलो धनराशि १ लाख १ हजार १ सय ११ रकमसहित ट्रफी, प्रमाण पत्र, मेडल पुरस्कार हात पारेको छ।
भने उपविजेता टिम झिल्मिला युवा समाजले ५५ हजार ५ सय ५५ नगद राशी ट्रफी, प्रमाण पत्र, मेडलमा चित्त बुझाएको छ ।

साथै विभिन्न विधाका उत्कृष्ट खेलाडी नेपाल पुलिसका आशिष राई, उत्कृष्ट फरुवार्ड नेपाल पुलिसका दिपराज थापा, उत्कृष्ट मिडफिल्डर झिल्मिला युवा समाजका करन पाल, उत्कृष्ट डिफेन्स नेपाल पुलिसका भक्त जंग खड्का, उत्कृष्ट गोलरक्षक अमित टमटा, सर्वाधिक गोलकर्ता झिल्मिला युवा समाजका शेखर ओखेडा घोषित भएका थिए। प्रतियोगितामा विभिन्न क्लब संघसंस्थाका २२ टिमको सहभागिता रहेको थियो ।








