बेलडाँडी फुटबल महोत्सव २०८०: सेमिफाइनलका खेल सम्पन्न

उपाधिका लागि भोलि नेपाल पुलिस क्लब र झिल्मिला युवा समाज बिच प्रतिस्पर्धा हुने


कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका मा सञ्चालन रहेको बेलडाँडी फुटबल महोत्सव २०८० को सेमिफाइनलका खेल सम्पन्न भएका छन् ।

हिन्दीहरु को महान चाड विजया दशमी तथा शुभ दिपावलिको अवसरमा एकता युवा समाज बेलडाँडी द्वारा आयोजना गरेको बेलडाँडी फुटबल महोत्सव २०८० मा सेमिफाइनलका खेल सम्पन्न संगै फाइनलमा दुई टिमले आफ्नो स्थान सुरक्षीत गरेको एकता युवा समाज बेलडाँडिका अध्यक्ष ललित गिरिले बताउनु भयो।

प्रतियोगिताको सेमिफाइनलमा समूह “ए” अन्तर्गत झिल्मिला युवा समाज “ए” र बेलडाँडी गाउँपालिका बिच भएको पहिलो खेलमा बेलडाँडी गाउँपालिका लाई झिल्मिला युवा समाजले ४-० गोलको अन्तरले हराउदै फाइनल यात्रा पक्का गरेको हो।

सेमिफाइनलको दोस्रो खेल समुह “बि” अन्तर्गत क्याम्प युवा क्लब र नेपाल पुलिस क्लब बिच भएको थियो उक्त खेलमा क्याम्प युवा क्लब लाई नेपाल पुलिस क्लबले २-० गोलको अन्तरले हराउँदै रोमाञ्चक जितका साथ फाइनल पुगेको हो।

प्रतियोगिताको उपाधिका लागि भोलि दिउँसो १२ बजे नेपाल पुलिस क्लब र झिल्मिला युवा समाज बिच प्रतिस्पर्धा हुने छ। प्रतियोगिताको समापन अर्थात फाइनल खेल भोलि कार्तिक ६ गते रौलेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा हुने छ। समापनको सम्पुर्ण तयारी पूरा भएको सचिन कठायतले बताएका छन् ।

उक्त प्रतियोगिताको फाइनल खेलमा विजेता हुने टिमले बेलडाँडीकै सबै भन्दा ठुलो धनराशिको पुरस्कार हात पार्ने छ। प्रतियोगिताको प्रथम हुने टिमले १ लाख १ हजार १ सय ११ रु नगद र ट्रफी, प्रमाण पत्र, मेडल हात पार्ने छ। दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ नगद राशी ट्रफी, प्रमाण पत्र, मेडलमा चित्त बुझाउने छ । साथै विभिन्न विधाका उत्कृष्ट खेलाडी, उत्कृष्ट फरुवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले लाई उचित पुरस्कारको व्यवस्था रहेको छ। भने प्रतियोगितामा विभिन्न क्लब संघसंस्थाका २२ टिमको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img