कञ्चनपुर : गायक सुरेश परियारको स्वरमा रहेको “अभिलाषा” गीत सार्वजनिक भएको छ । गायक परियारले उक्त गीत आफ्नै युट्युब व्यानलबाट सार्वजनिक गरेका छन्। गीतमा स्व. गोपाल राम परियारको शब्द सिर्जनामा रहेको उक्त गीतमा नारायण डंगालले संगीत संयोजन गरेका छन्। म्युजिक प्लस स्टुडियोमा तयार भएको उक्त गीतको भिडियो बिआर ईशिका म्युजिकले तयार पारेको हो।

गायक तथा गजलकार परियार मेलौली नगरपालिकाका कार्यपालिका सदस्य तथा दलित मुक्ती मोर्चा केन्द्रिय सल्लाहकार समिति सदस्य समेत हुन्। लामो समयदेखि सांगितिक क्षेत्रमा हुँदा हुँदै पनि गायक तथा गजलकार परियार आर्थिक स्थिती कमजोर भएको कारण चर्चामा आउन नसकेको बताउँँछन्।

गायक परियारले डोटेली तथा नेपाली धेरै गीतहरू शिर्जना गरिसकेको तर आर्थिक अवस्था नाजुक भएको कारण बजारमा ल्याउन नसकेको बताउँछन्। साथै सहयोगी मनहरूले सहयोग गरे नेपाली साहित्य जगतमा अगाडी बढ्न सजिलो हुने उहाँको भनाइ रहेको छ।







