पुनर्वासमा दशैं बिशेष शुभकामना आदन प्रदान तथा आर्थिक बर्ष २०८०/०८१ को कार्य योजना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न


कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा दशैं बिशेष शुभकामना आदन प्रदान तथा आर्थिक बर्ष २०८०/०८१ को कार्य योजना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाले नगर भित्रका एघारै वडाका जनप्रतिनिधिहरू , कार्यपालिका सदस्यहरू र पालिका मातहत कर्मचारीहरू बिच दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमका साथै आर्थिक बर्ष २०८०/०८१ को कार्य योजना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत धौलाराम सार्कीले समाज रुपान्तरणका लागि कुराभन्दा काम गर्न अझै बाँकी रहेको बताए । शुभ कामना आदान प्रदान कार्यक्रममा बिगत बर्षहरुमा भन्दा यस चालु आर्थिक वर्षमा नगरपालिकाका योजना हरू समयमै चुस्त दुरुस्त राख्न र सम्पन्न गर्न आर्थिक बर्ष २०८०/०८१ को कार्य योजनाहरू कार्यपालिका सदस्यहरू माझ छलफलमा राखिएको बताए। उनले हरेक ब्यक्तिले आफ्नो क्षमता वृद्धिसँगै आर्थिक सशक्तिकरणका लागि कदम उठाउन अत्यन्त आवश्यक रहेको बताए । शुभ कामना आदान प्रदान कार्यक्रममा वडा नं. ६ का अध्यक्ष मित्र सिंह लामा ले शक्तिकी देवी दुर्गा माताले हरेक महिलाहरुलाई शक्तिका साथै हरेक नागरिकको उत्थानका लागि काम गर्ने प्रेरणाका साथै शक्ति प्रदान गरून् भन्दै दशैको शुभकामना दिए ।
वडा नं. ९ का अध्यक्ष नर बहादुर बिक, यसैगरी वडा नं ५का अध्यक्ष पदम रोकाया र वडा न १ का अध्यक्ष मोहन लाल रानाले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व वडा दशैंले हरेक नागरिकलाइ खुसी, उमङ्गताका साथै आर्थिक भारकै कारणले दशैं कसैका लागि दशा नबनोस साथै आफ्नो गक्ष अनुसार पर्बलाइ हरेकले भित्र्याउन सफल हुन सकुन भन्दै दशैंको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम बोल्दै नगर उपप्रमुख भुलिया कुमारी राना ले शुभकामना व्यक्त गर्दै नगरले बिकास को क्षेत्रमा निकै काम गरेको बताइन। तर समग्र नगरको बिकास भए पनि प्रचार प्रसार हुन नसक्दा जनता माझ कामै नगरेको जस्तो देखिन पुगेको स्वीकार गर्दै आगामी दिनहरूमा जनताको चहाना अनुरूप काम गरी देखाऊन कार्यपालिका सदस्यहरू लाई अनुरोध गरिन। कार्यक्रमको अध्यक्षता ग्रहण समेत नगर प्रमुख तोय प्रसाद शर्माले विगतका बर्ष भन्दा यस बर्ष फरकशैलीमा कार्यक्रम गरिएको बताईन ।
उनले चाडपर्वका समयमा हुनसक्ने सम्भावित सवारी दुर्घटना र मदिरा सेवन, जुवातासका कारण कसैको घर परिवारमा आईपर्ने दुखत घटना टार्नका लागि समयमै जनप्रतिनिधी सहित सरोकारवाला राखेर कार्यक्तम गरिएको बताए । नगर प्रमुख शर्माले प्रहरी प्रशासनले चाडपर्वका बेला पुनर्वास नगरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरणका लागि प्रयास गर्न ध्यानाकर्षण गराएको थियो। कार्यक्रममा पुनर्वास नगरपालिका अन्तरगत शिक्षा, स्वास्थ्य, महिला विकास, पशु लगायत शाखाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा आर्थिक बर्ष २०८०/०८१ को कार्य योजना समेत बहुमत का साथ पारित गरिएको थियो। उक्त दशैं बिशेष शुभकामना आदन प्रदान तथा आर्थिक बर्ष २०८०/०८१ को कार्य योजना सम्बन्धी छलफल कार्यक्रम योजना अधिकृत शङ्कर बोगटी को स्वागत मन्तव्य र आर्थिक बर्ष २०८०/०८१ को कार्य योजना प्रस्तुति संगै शुरू भएको कार्यक्रम लाई प्रशासकिय अधिकृत धौलाराम सार्कीले सञ्चालन गरेका थिए।

Loading Viewer...

ताजा समाचार

spot_img