दोधारा । दोधारा चाँदनीको बडुवाल टोलमा हात्तीले फेरि एक स्थानियको घर भत्काएको छ् । चाडपर्वको बेला दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका एक स्थानिय रने सार्कीको घर जंगली हात्तीले भत्काएको स्थानियहरुले बताएका छन् । सुक्रवार रातीको समयमा नजिकै रहेको भारतिय जंगलबाट बस्ती भित्रिएको जंगली हात्तीले रने सार्कीको जस्तापाताले छाएको घर भत्काएको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी रानाले बताएका छन् । सार्कीको घरको भित्ता भत्काउनु साथै खाने पानीको नल तोडिदिएको र घरमा रहेको खाद्यान्न नष्ट गरेको पिडित सार्कीले बताएका छन् ।


जंगली हात्तीको डरले नजिक रहेको छिमेकीको पक्की घरमा सुतेको कारण मानविय क्षती हुन जोगिएको बताईएको छ् । हात्तीले घर क्षती गर्न लागे संगै स्थानिय, सशस्त्र प्रहरीहरुले हात्तीलाई धपाएका थिए । वडा सदस्य लक्ष्मी रानाले हात्तीले रने सार्कीको घर क्षती भएको बिषयमा दोधारा चाँदनी नगरपालिका कार्यालयमा जानकारी गराएको बताएका छन् ।

बिगत लामो समय जंगली हात्तीले स्थानियको घर,अन्नवाली संगै मानविय क्षती गर्दै आएपनि स्थानिय सरकार, प्रदेश सरकार तथा संघिय सरकार मुकदर्शक बन्दै आएको स्थानियहरुले गुनासो रहदै आएको छ् । केही दिन अघि बस्तीमा दिपक औजी र अमर मगरको घर भत्काएको थियो ।







