हिन्दु स्वयमसेवक संघ नेपालले आयोजना गरेको प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न


कञ्चनपुर :  कञ्चनपुरमा प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न भएको छ । हिन्दु स्वयमसेवक संघ नेपालले आयोजना गरेको प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न भएको हो । शुक्रबार एक कार्यक्रमका विच तालिम समापन गरिएको छ । उक्त तालिम वेदकोट नगरपालिका ७ सुडा स्थित घटाल माध्यामिक विद्यालयको प्राङगणमा सञ्चालन भएको थियो । हिन्दु स्वयमसेवक संघ नेपाल कञ्चनपुरका सचिव प्रदिप पालले युवाहरुलाई आर्दशवान बनाउन र आफ्नो धर्म संस्कृति संस्कारलाई निरन्तरता दिनका लागि उक्त तालिम सञ्चालन गरिएको बताए । तालिममा कञ्चनपुरको बेलौरी, दोधाराचाँदनी, ब्रह्मदेव,बेलडाँडी,रतनपुर, गुलरिया, झलारी, दैजी, सुडा, महेन्द्रनगर बजार ऐरी,बाँसखेडा लगायतका ६८ जना शिक्षार्थीहरुको सहभागिता रहेको  जिल्ला सचिव पालले जानकारी दिए।
विजय दशमीको लामो विदाको अवसर मिलाएर बिद्यार्थीहरुको उक्त समयलाई प्रयोग गरी उनिहरुलाई मानसिक, सामाजिक, नैतिक, बौद्धिक विषयमा उनिहरुलाई प्रशिक्षण दिई उनिहरुको चौतर्फी विकास गरी उनिहरुलाई बिभिन्न कला कौशल पनि सिकाई हुने उनको भनाइ रहेको छ। तालिममा बिहान ४ बजेदेखी रात्री १० बजेसम्म उनिहरुलाई योग, व्यायम, नैतिक चरित्रवानका विषय, रहनसहन, कला संस्कृती, राष्ट्र राष्ट्रिता, धर्म संस्कृतीको विषयमा शिक्षार्थीहरूलाई ज्ञान प्रदान गरिएको उनले बताए । शुक्रबार समापन कार्यक्रमका विशिष्ट अतिथी एवम् वेदकोट नगरका  उप-प्रमुख तुलसी जोशीले किशोर र युवाहरुलाई कुलतबाट बचाउन तालिम प्रभावकारी रहेको भन्दै भावि दिनमा सञ्चालनमा जोड दिईन् ।
साथै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमको आयोजना गर्न आफुले सक्दो सहयोग साथ दिने प्रतिवद्धता जाहेर गरिन् । कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपालका सह-राष्ट्रिय प्रचारक रेवित कुमारको प्रमुख आतिथ्यता रहेको थियो भने हिन्दू स्वयंसेवक संघ नेपालका वर्गाधिकारी ध्रुव बहादुर सिहको सभापतित्व रहेको थियो। उक्त कार्यक्रमको संचालन हिन्दु स्वयक सेवक संघका युवा अगुवा प्रकास कलौनीले गरेका थिए । कार्यक्रममा हिन्दु स्वयमसेवक संघका अन्य सदस्य, नेता, कार्यकर्ता तथा प्रशिक्षार्थीका अभिभावक लगायतको उपस्थिति रहेको थियो।

ताजा समाचार

spot_img