कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका मा सञ्चालन रहेको बेलडाँडी फुटबल महोत्सव २०८० को क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् ।

हिन्दीहरु को महान चाड विजया दशमी तथा शुभ दिपावलिको अवसरमा एकता युवा समाज बेलडाँडी द्वारा आयोजना गरेको बेलडाँडी फुटबल महोत्सव २०८० मा क्वाटरफाइनलका खेल सम्पन्न संगै चार टिमले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षीत राखेको एकता युवा समाज बेलडाँडिका अध्यक्ष ललित गिरिले बताउनु भयो।

समुह “ए” अन्तर्गत एकता युवा समाज “ए” , बेलडाँडी गाउँपालिका, झिल्मिला युवा समाज “ए” र जय लक्ष्मी युवा क्लब र समुह “बि” अन्तर्गत क्याम्प युवा क्लब, दिप ज्योती ,नेपाल पुलिस क्लब र झिल्मिला युवा समाज “सि” क्वाटरफाइनल पुग्न सफल भएका थिए।

क्वाटरफाइनलको पहिलो खेल समूह “ए” अन्तर्गत आज शुक्रबार एकता युवा समाज “ए” र बेलडाँडी गाउँपालिका बिच बिहान ८ बजे भएको खेलमा निर्धारित समयमा कुनै पनि टिमले गोल नसक्दा खेल गोल रहित बराबरी भएको थियो। उक्त खेल ट्राईबेकरमा गएको थियो। ट्राईबेकरमा बेलडाँडी गाउँपालिका टिमले ४-३ गोलको अन्तरले एकता युवा क्लब “ए” लाई हराउदै सेमिफाइनल पुग्न सफल भएको हो।
दोस्रो क्वाटरफाइनलको खेल समुह “बि” अन्तर्गत झिल्मिला युवा समाज “सि” र नेपाल पुलिस क्लब बिच बिहान १० बजे भएको थियो उक्त खेलमा नेपाल पुलिस क्लबले २-० गोलको अन्तरले झिल्मिला युवा समाज “सि” लाई हराउदै सेमिफाइनल प्रवेश गरेको छ।
तेस्रो क्वाटरफाइनल खेल समुह “बि” अन्तर्गत क्याम्प युवा क्लब र दिप ज्योति बिच दिउँसो १ बजे भएको खेलमा क्याम्प युवा क्लबले १-० गोलको अन्तरले दिप ज्योति क्लब लाई हराउदै सेमिफाइनल पुगेको हो। भने चौथो अर्थात क्वाटरफाइनलको अन्त्तिम खेल समूह “ए” अन्तर्गत झिल्मिला युवा क्लब “ए” र जय लक्ष्मी युवा क्लब बीच दिउँसो ३ हजे भएको थियो। उक्त खेलमा झिल्मिला युवा क्लब “ए” ले ८-० फराकिलो गोल अन्तरले हराउदै सेमिफाइनल पुगेको छ।
प्रतियोगिताको सेमिफाइनलमा समूह “ए” अन्तर्गत झिल्मिला युवा समाज “ए” र बेलडाँडी गाउँपालिका , समुह “बि” अन्तर्गत क्याम्प युवा क्लब र नेपाल पुलिस क्लब आफ्नो स्थान सुरक्षीत गरेको हो।सेमिफाइनलको पहिलो खेल दिउँसो १ बजे समुह “ए” अन्तर्गत झिल्मिला युवा समाज “ए” र बेलडाँडी गाउँपालिका बिच दिउँसो १ बजे, दोस्रो सेमिफाइनल खेल समुह “बि” अन्तर्गत क्याम्प युवा क्लब र नेपाल पुलिस क्लब बिच दिउँसो ३ बजे खेल भोलि प्रतिस्पर्धात्मक हुने छन् । दुबै खेलमा जित हात पार्ने टिमले फाइनलको यात्रा पक्का गर्ने छन् । प्रतियोगिताको समापन अर्थात फाइनल खेल कार्तिक ६ गते रौलेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा हुने छ।
उक्त प्रतियोगितामा च्याम्पियन हुने टिमले बेलडाँडीकै सबै भन्दा ठुलो धनराशिको पुरस्कार हात पार्ने छ। प्रतियोगिताको प्रथम हुने टिमले १ लाख १ हजार १ सय ११ रु नगद र ट्रफी, प्रमाण पत्र, मेडल हात पार्ने छ। दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ नगद राशी ट्रफी, प्रमाण पत्र, मेडलमा चित्त बुझाउने छ । साथै विभिन्न विधाका उत्कृष्ट खेलाडी, उत्कृष्ट फरुवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई समेत पुरस्कारको व्यवस्था रहेको छ। भने प्रतियोगितामा विभिन्न क्लब संघसंस्थाका २२ टिमको सहभागिता रहेको थियो ।






