झलारी : शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० स्थित झलारी बजार सरसफाई गरिएको छ । चन्द्र सुर्य माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले बिहीबार झलारी बजार सरसफाई गरेका हुन् । चाडपर्वको समयमा बजार स्वच्छ राख्ने उद्धेश्यले झलारी बजार सरसफाई गरिएको विद्यार्थी राकेश भट्टले बताए ।
“कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले झलारी बजार सरसफाई गरेका छौँ,विद्यार्थी भट्टले भने,दशैको अवसरमा सरसफाई गरेका हौँ ।” सरसफाई कार्यक्रममा विद्यालयका प्रिन्सिपल जगत बहादुर विष्ट लगायतका शिक्षकहरुको सहभागिता थियो ।







