
दोधारा । दोधारा चाँदनी अस्पताललाई युनिसेफले वर्थिङलाई महत्वपुर्ण उपकरण हस्तान्तरण गरेको छ् । आज दोधारा चाँदनी नगरपालिकामा रहेको दोधारा चाँदनी अस्पताललाई वर्थिङलाई ठुलो मात्रामा महव्तपुर्ण उपकरण हस्तान्तरण गरेको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा अस्पताल ब्यवस्थापन समितिका संयोजक ओंम बस्नेतले जानकारी दिएका छन् । मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम अन्तर्गत दोधारा चाँदनी अस्पतालमा रहेको वर्थिङ सेन्टरलाई वर्थिङ सेन्टरमा प्रयोग गरिने सम्पुर्ण, महत्वपुर्ण सामग्री हस्तान्तरण गरिएको युनिसेफका महालक्ष्मी प्रजापतीले बताएका छन् । डेलिभरी बेड, पिएनसी बेड, अक्सिजन सिलिन्डर, हिटर, फुटस्टेप, पेरिलाईट लगाएतका उपकरण तथा सामग्री हस्तान्तरण गरिएको उनले बतनाएका छन् ।

‘वर्थिङ सेन्टरमा आवश्यक उपकरणको सुविधा थपिएपछि गर्भवती महिलालाई सुत्केरी गराउन सहज हुने र यसले मातृ तथा नवजात शिशुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने विश्वास लिएका छौं ।’ युनिसेफका महालक्ष्मी प्रजापतीले भने । आमा तथा नवजात शिशुलाई चिसोबाट बचाउन, आवश्यक परेमा अक्सिजन दिन र सुरक्षित प्रसूतिका लागि धेरैनै सहज हुने अपेक्षा गरेको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा अस्पताल ब्यवस्थापन समितिका संयोजक ओंम बस्नेतले बताए । ‘बिगतमा सिमित उपकरण र सामग्रीको कारणले सुरक्षित प्रसूति सेवामा दिन समस्या हुदै आएको थियो ।’

दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा अस्पताल ब्यवस्थापन समितिका संयोजक ओंम बस्नेतले भने– ‘कतिपय गर्भवती आमालाई अन्यत्रै पठाउने गरिएकोमा अब उपकरण र सामग्री थपिएपछि स्वास्थ्यकर्मीलाई प्रसूति सेवा दिन सहज हुनेछ ।’ वडाध्यक्ष तथा अस्पताल ब्यवस्थापन समितिका संयोजक बस्नेतले मातृ तथा नवजात शिशु स्वास्थ्यको बिषयमा गम्भिर भएर अस्पतालमा सहयोग गरेको भन्दै युनिसेफको टोलीलाई धन्यबाद दिएका छन् ।








