विच भलिबल प्रतियोगिता शुरु


कञ्चनपुर : महाकाली नदीको बगरमा विच भलिबल प्रतियोगिता शुरु भएको छ । सोमबारदेखि भीमदत्त नगरपालिका १२ ऐरी स्थित महाकाली नदीको बगरमा विच भलिबल प्रतियोगिता शुरु भएको हो । कञ्चनपुर जिल्ला भलिबल सघ नेपाली सेनाको २५नम्बर बाहिनी अड्डा भगतपुरको आयोजनामा खुला तथा भेट्रान भलिबल प्रतियोगिता भएको हो ।

कञ्चनपुर जिल्ला भलिबल सघका सचिव उत्तम विष्टले मगलबारसम्ममा खुला तर्फ भलिबल तालिम सेन्टर (ए), सागर स्र्पोट क्लब, माकालु नगरपालिका, एलपी प्रोडक्सन, भीनपा ११, त्रिभुवन आर्मी क्लब र भेट्रान तर्फ भागेश्वरी मनी चेन्जर, सशस्त्र प्रहरी र भलिबल तालिम सेन्टरले जितेका छन ।

कञ्चनपुर जिल्ला भलिबल सघका अध्यक्ष श्याम सिह मौनीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सुप प्रदेश प्रमुख देवराज जोशीले गरेका थिए । खुला तर्फ २३ र भेट्रान तर्फ १२टिम रहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img