कञ्चनपुरका सात प्रहरी पुरस्कृत


कञ्चनपुर : कञ्चनपुरमा कार्यरत सात प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सात प्रहरीलाई पुरस्कृत गरेको हो । मंगलबार ६८औँ प्रहरी दिवसको अवसमा उत्कृष्ठ काम गर्ने प्रहरीलाई प्रमाण पत्रका साथै सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले कार्य क्षेत्रमा उत्कृष्ठ काम गर्ने अधिकृत, जुनियर अधिकृत सहितका प्रहरी कर्मचारीलाई सम्मान गरिएको बताए ।

प्रवक्ता डाँगीका अनुसार प्रहरी निरीक्षकद्वय हेमराज भट्ट, ईश्वर बहादुर थापा, प्रहरी सहायक निरीक्षकत्रय बिरेन्द्र सिह धानुक, महादेव पन्त, पर्वत सिह गुरु, प्रहरी हबल्दार पदम खडका, प्रहरी जवान महेश सिह बोहरालाई सम्मान एव पुरस्कार गरिएको छ । उनीहरुलाई दोसल्लाका साथै प्रमाण पत्र प्रदान नगद रकम दिए सम्मान गरिएको छ । प्रहरी निरीक्षक भट्ट ईलाका प्रहरी कार्यालय त्रिभुबनबस्ती र अर्का निरीक्षक थापा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमै कार्यरत रहेका छन ।

यसका साथै अमर प्रहरी सहितका विभिन्न संघ संस्था, उद्योगी व्यवसायीलाई समेत सम्मान गरिएको छ । सम्मानित एव पुरस्कृत भएका प्रहरी कर्मचारीले संगठनले कामको मुल्याङकन गरेको भन्दै आगामी दिनमा थप काम गर्ने उर्जा थपिएको बताएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले उत्कृष्ठ काम गर्ने प्रहरी अधिकृत तथा कर्मचारीलाई काममा थप हौसल्ला प्रदानका लागि सम्मान गरिएको बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img