केही दिन अघि सडक दुर्घटनामा परि घाईते भएका दोधारा चाँदनी नगरपालिका– ६ का भिम बहादुर थापालाई उपचारको लागी वडाध्यक्ष केशव खत्रीको पहलमा सहयोग रकम हस्तान्तरण गरिएको छ् । मोटरसाईकल दुर्घटनाबाट गम्भिर घाईते भएका दोधारा चाँदनी नगरपालिका– ६ का भिम बहादुर थापाका घरपरिवारलाई दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको पहलमा रु. ४३ हजार ४ सय रकम हस्तान्तरण गरिएको हो । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले व्यक्तिगत रु. ५ हजार र वडा कार्यालयबाट रु. १० हजार, दोधारा चाँदनी नगरपालिका– ३ का मान सिंह गुरुङ्ग (रामपुरे) ले रु. २४ सय र संकलित रकम रु. २६ हजार गरि जम्मा रु. ४३ हजार ४ सय रकम हस्तान्तरण गरिएको घाईते भिम बहादुर थापाका आमा उषा थापाले जानकारी दिएका छन् ।

उक्त रकम वडाध्यक्ष केशव खत्री र मान सिंह गुरुङ्ग (रामपुरे) ले सयुक्तरुपमा घाईते थापाका आमा उषा थापालाई हस्तान्तरण गरेका हुन् । दोधारा चाँदनी नगरपालिका– ५ का वडा कार्यालयबाट भनिएको उपचार सहयोगको लागी एक सिघ्र प्रकृया पुरा गरिने बताईएको छ् । आज एक कार्यक्रमको बिच घाईते थापाको घरमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्क्यक्ष केशव खत्रीले जानकारी दिएका छन् । वडाध्यक्ष खत्रीले घाईतेको उपचारको लागी स्थानिय युवा, जनप्रनिधी तथा देश, बिदेशमा रहने सबैले सहयोग गर्दै आएकोमा धन्यबाद दिदै हस्तान्तरण गरिएको रकमले घाईतेको उपचारमा सघाउ पुग्नेमा आफुहरु ढुक्क भएको बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका– ३ का मान सिंह गुरुङ्गले वडाध्यक्ष केशव खत्रीले बिगत देखि गर्दै आएको सामाजिक कार्य प्रति आफु प्रभावित हुदै आएको भन्दै वडाध्यक्ष खत्री संग सहकार्य गरि आफुले सहयोग संकलन गरेको बताएका छन् । मोटरसाईकल दुर्घटनाबाट गम्भिर घाईते भएका भिम थापाको भारतको खटिमा शहरको एक निजी अस्पतालमा सघन उपचार भईरहेको छ् ।

रकम बुझ्दै घाईते थापाका आमा उषा थापाले पिडामा सहयोग गरेको भन्दै धन्यबाद दिएका छन् । आर्थिक अवस्था दैनिय रहेको घाईते थापालाई युवा, जनप्रतिनिधी तथा देश, बिदेशमा रहेका नेपालीहरुले उपचारमा सहयोग गर्दै आएका छन् ।






