कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना हुने आठौं लालझाडी कप फुटबल प्रतियोगिता २०८० को आज ट्रोफी सार्वजनिक गरिनेछ।

कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशिको पुरस्कार रहेको आठौं लालझाडी कप फुटबल प्रतियोगिता २०८० को ट्रोफी एक कार्यक्रमको आयोजनाका साथ आज सार्वजनिक सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिब दिपक बहादुर सिङको प्रमुख आतिथ्यमा उक्त कार्यक्रमको तय गरिएको आयोजक क्लबका अध्यक्ष कासिराम बोहराले बताउनु भयो।

उनका अनुसार, फुटवल प्रतियोगिता २०८० जानकारी सम्बन्धि पत्रकार सम्मेलन तथा ट्रर्फी सार्वजनिक कार्यक्रमको आयोजना आज असोज २८ गते दिउँसो ३ बजे लालझाडी-११ को खेलमैदान पुनर्वास नगरपालिका-१० मा हुने छ।







