दोधरा : दोधारा चाँदनी नगरपालिकामा विपद न्यूनीकरणको लागि अन्तराष्ट्रिय दिवसका सन्दर्भमा स्थानिय विपद व्यवस्थापन समिति र सामुदायक विपद व्यवस्थापन समिती बिच छलफल कार्यक्रम सम्पन्न भएको छ । ‘उत्थानशिल भविष्यको लागि असमानतासँग संघर्ष’ भन्ने मुलनाराका साथ काम गर्दै आई रहेका निड्स नेपाल मर्सीकोप्र्स र फल्ड रेसिलेनस अलाइन्सले दोधारा चाँदनी नगरपालिकाको आयोजनामा शुक्रबार सहजीकरण गरेको छ ।

विपद कहिले पनि बाजा बजाएर आउदैन्, कुनैपनि बेला कहिपनि विपद आउन सक्छ हाम्रो यहाँ हुने विपद् जस्तै, बाढी पहिरो, भुकम्प र जङ्गली जनावर बाट भौतिक र मानविय क्षति हुन सक्ने प्रबल सम्भावना रहेको छ । यसरी भैपरि आउने विपद रोकथाम क्षतिलाई न्यूनीकरण गर्नको लागि संंस्थाले खेलेको भुमिका र भावि दिनमा कसरी क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

नगर प्रमुख किशोर कुमार लिम्बुले भने ‘देशभरीकै नगरपालिकामा विपदको सबै भन्दा जोखिम नगरपालिका मध्ये एक दोधारा चाँदनी पनि रहेको छ । चारै तिर नदिले घरेको छ भने भारतीय सीमा सँग पनि जोडिएको छ । जसले गर्दा बर्षातको समयमा त बाढी पहिरोको उच्च जोखिम छ जसले गर्दा किसानको उरवरा जमिन कटानी र बगरमा परिणत हुन्छ । भारतीय सीमा बाट आउने जङ्गली जनावरको पनि त्यति नै खतरा रहेको छ । विकासको केही काम गरु भने शुक्लाफाँटा आरक्ष सगँ हाम्रो नगरपालिका स्थित महाकाली नदि जोडिएको छ जसँले गर्दा केही काम गर्न खोजे आरक्षले रोक्ने गर्दछ । सीमामा जङ्गली जनावर रोकथाम गर्न तार जाली खाडल खन्न खोजे भारतीय एसएसबिले रोक्ने गर्दछ । मलाई जनताले जिताएर नगर प्रमुख भए तर मलाई मेरो भुमि कहाँ छ ? यसरी दुवै पक्षबाट विकासको काममा अवरोध हुदाँ केही असहज भएको छ ।’ निड्स नेपाल, मर्सीकोप्र्स, फुड रेसिलेन्स अलाइन्स र एनएसडब्लुएले विपद न्यूनीकरणको लागि हातेमालो गर्दा दोधारा चाँदनीमा विपदको बेला यहाँको स्थानियको जिउधन जोगाउन केही सहज भएको छ । हामी सँग अहिले एउटा मोटर बोट र रबर बोट रहेको छ भने लाइफ ज्याकेट पनि रहेको छ ।’ यसरी संघ संस्था र नगरपालिकाको सहयोगमा स्थानियहरुको जिउधनको सुरक्षामा आफुहरु सधै लागको नगर प्रमुख लिम्बुले बताए ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा नगर उपप्रमुख गंगा जोशी, निड्स नेपालको निर्वतमान अध्यक्ष मन्जु भट्ट दोधारा चाँदनीका वडा अध्यक्षहरु, विभिन्न दलका नेताहरु, प्रहरी, शस्त्र प्रहरी लगायत विभिन्न संघ संस्था र सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रम निड्स नेपालका कर्मचारी नविन भण्डारीले सञ्चालन गरेका थिए ।






