कञ्चनपुर : भीमदत्तनगरपालिका -४, वसपार्क स्थित एक युवकको अचेत अवस्थामा फेला परे पछि उपचारको क्रमाा मृत्यु भएको छ । नाम थर नखुलेको अन्दाजी वर्ष ३२ को युवकको उपचारको क्रमाा मृत्यु भएको हो । मानसिक अवस्था ठिक नभएका उनि विगत लामो समय देखि माग्दै हिड्ने गरको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कल्सुहाउदो उचाई ५फिट२ इन्च भएको सेतो गुलाबी कलरको धर्षा भएको सर्ट,भित्र कालो कलरको भेष्ट खैरोमा कालो धर्सा भएको ट्रेक कालो कपाल दारी पालेको दाहिने हात अपाङ्ग भएको युवकखअचेत अवस्थामा फेला पारी तत्काल उपचारका लागी महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउसो ३ बजेको समयमा मृत्यु भएको हो ।

शव महाकाली प्रदेशिक अस्पतालको शब गृहमा रहेकोले उनलाई चिन्ने व्यत्तिले शवको पहिचान गरि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सम्र्पक गर्न जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।







