कञ्चनपुरमा इजराइल युद्दमा मृत विद्यार्थीको स्मरणमा दीप प्रज्वलन, उद्दार गर्न सरकारलाई माग


कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर र सो पार्टीका जबस संगठन द्वारा इजराइल र प्यालेस्टाइन युद्दमा परी मृत नेपाली विद्यार्थीको स्मरणमा दीप प्रज्वलन गरिएको छ । मंगलबार नेकपाले जिल्लाको महेन्द्रनगरमा शोक सभा तथा दीप प्रज्वलन गरेको हो । शोक सभामा नेकपा कञ्चनपुर जिल्ला सचिव प्रकाश सी ले युद्दमा परी मृत्यु भएका विद्यार्थीहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सचिव प्रकाशले हाल इजराइलमा बेपत्ता रहेका विद्यार्थीको यथाशीघ्र उद्दार गर्न र त्यहाँ रहेका अन्य नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गर्न शीघ्र पहलकदमी लिनुपर्ने बताए ।विभिन्न शक्ति राष्ट्रहरूको गलत नीतिका कारण विश्वमा अशान्ति मच्चाउने ढंगले दुई देशबीच गराइएको युद्धको नेकपाले घोर भर्त्सना गर्ने उनको भनाई छ । र त्यहाँ मृत्यु भएका नेपाली विद्यार्थीको घर परिवारलाई सम्बन्धित निकायले उचित किसिमको क्षतिपूर्ति दिनुपर्ने समेत उनले बताए । शोक सभा तथा दीप प्रज्वलन कार्यक्रममा नेकपा नेताकार्यकर्ता तथा अन्य नागरिकहरुको सहभागिता रहेको थियो ।

प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलमा शनिबार गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरूको पनि मृत्यु भएको थियो । हमासले गरेको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू थिए । सनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img