कञ्चनपुर : भीनपा–१५ गोबरैया घर भएका हाल वेदकोट नगरपालिकाको दैजी बजारमा भाडा वर्तनको व्यवसाय गर्दै आएका युवा व्यवसायी तथा समाजसेवी युवा दिपक चन्द (दिप)ले आफ्नो जन्मदिन वृद्धआश्रममा मनाएका छन् ।

वेदकोट नगरपालिका वडा नं. ७ र ८ अवस्थीत बैजनाथ धाम तथा वृद्धआश्रममा रहेको जेष्ठ नागरिकहरुलाई एक छाक खाना खुवाउनुको साथै फलफुलवितरण गरेर मनाएका छन् । उनले ‘समाजसेवा देखावटी नभै वास्तविक हुनु पर्नेमा जोड दिए ।

जन्मदिनमा देखावटीको लागि अत्याधिक खर्च गरी मनाउनु भन्दा यहाँ भएका आमा बुवा सँग जन्मदिन मनाउँदा आफुलाई खुशी लागेको’ चन्दले बताए । समाजसेवा गर्दै आएका चन्द व्यापार सँगै राजनीतिमा पनि सक्रिय छन् ।







