कञ्चनपुर : सिद्धनाथ माध्यमिक विद्यालय कञ्चनपुरमा जिल्ला तेक्वान्दो च्याम्पेनसिप २०८० प्रतियोगिता भै रहेको छ । तेक्वान्दो च्याम्पेनसिक असोज २१ गते देखि असोज २३ गते सम्म हुनेछ ।

‘हाम्रो प्रयास, आदर्श समाजका लागि आदर्श नागरिकको विकास’ भन्ने मुलनाराका साथ खेलाडीको बौद्धिक विकासको साथै उनीहरुको क्षमतामा पनि वृद्धि ल्याउने उद्देश्यका साथ सञ्चालनमा ल्याएको जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष राजेन्द्र के.सी.ले बताए । विभिन्न स्थानका ३७० जना खेलाडीहरुको सहभागिता रहेको छ ।

आइतबार भएको उद्यघाटन सत्रको खेलमा २९ केजी महिला समुहमा पुजा एस के. प्रथम द्वितीय प्रतिभा चौधरी, तृतीय सोनिका चौधरी/ स्वस्तिका धामी त्यसैगरी पुरुष तर्फ प्रथम आशिष चन्द, द्वितीय आयुस साह, तृतीय विराज भाट/प्रकास बिक रहेका छन् । तिन दिन हुने तेक्वान्दो च्याम्पेनसिप २०८० का प्रमुख प्रशिक्षक मोहन प्रताब गुरुङ्ग, प्रशिक्षकमा गोबिन्द थापा, ललिता कुवँर, लोक बुढा, राम सिह डगौरा, अजय हरिजन, शागर बहादुर शाही रहेका छन् । दशरथ गौरी तेक्वान्दो डोजाङ्गको आयोजनामा श्री सिद्धनाथ माध्यमिक विद्यालय र श्री सिद्धनाथ मन्दिर संरक्षण समित प्रायोजक रहेको छ भने विभिन्न संघ संस्थाहरु सह प्रायोजक रहेका छन् ।

जिल्ला तेक्वान्दो संघ कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहको सभापतित्वमा प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी रहेका थिए भने विशिष्ट अतिथीमा मझगाउ व्यारेकका सहायक गणपती सेनानी नविन सिह बोहरा, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उपरिक्षक कमल थापा, शस्त्र प्रहरीबल कञ्चनपुर नम्बर ३५ गणका निमित्त गणपती सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरी दत्त भट्ट र जिल्ला खेलकूद समिति कञ्चनपुरका अध्यक्ष कुवेर खडका रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शेरु सिह विष्टले गरेका थिए ।






