बेलडाँडी सुपर डान्सर २०८०: मेगा अडिसन सम्पन्न

सुपर डान्सर २०८० को २२ बाट १२ जनाले बनाए सुपर १२ मा स्थान सुरक्षीत


कञ्चनपुर: जिल्लाको बेलडाँडीमा ‘बेलडाँडी सुपर डान्सर’ प्रतियोगिता २०८० को औपचारिक उद्घाटन भए संगै मेगा अडिसन सम्पन्न भएको छ।शनिवार सुपर डान्सरको मेगा अडिसनमा २२ जनाको सहभागिता रहेको थियो। जसमा सुपर डान्सर टप -१२ मा डान्सर १२ जनाले आफ्नो स्थान सुरक्षीत गरेको प्रथम बेलडाँडी सुपर डान्सर २०८० का जज् (निर्णायक) आरके कमल टमटाले बताउनु भयो। उनका अनुसार , आगामी साता सनिवार टप सुपर ८ का लागि प्रतिस्पर्धा हुने छ।

सुपर डान्सर मा अडिसनमा १३४ जनाको सहभागिता रहेको थियो। जसमा १३४ जनामा प्रारम्भिक छनोटको अडिसन बाट ५८ जना रहेका छनोट भएका थिए। ५८ जनाबाट प्रतिस्पर्धा गर्दै २२ जना छनोट भएका थिए। जसमा उनिहरुले मेगा अडिसनमा स्थान पक्का गरेका थिए। असोज २० गते सनिवार मेगा अडिसन बाट सुपर १२ मा २२ बाट आसिका पार्कि,केसब बिस्ट, सन्ध्या नाथ,बिनोद सुनार,रोसनी पाल,पवन सिह ठकुरी,रामु सुनार,अस्मिता कोलि,अस्मिता राना,रितु पार्कि,बिनीसा बि.क र जयन्ती गिरी लगायत १२ जनाले आफ्नो स्थान सुरक्षीत गरेको हो। मेगा अडिसन बाट बिपना कुवर (बैकल्पिक) छनोट मा परेकी छन् ।विभिन्न मनोरञ्जनात्मक कार्यक्रम उत्पादन, बजारीकरण र प्रसारण गर्दै आएको न्यु आराधना कला मन्दिरले बालबालिका तथा युवाको प्रतिभा प्रदर्शन गराउने लक्ष्य राखेर प्रतियोगिता गरेको सञ्चालक आर के कमल टमटाको बताए। उनले भने, नृत्य प्रेमी युवा तथा बालबालिकाप्रति लक्षित गरी ‘बेलडाँडी सुपर डान्सर’ आयोजना गरिएको हो । बेलडाँडी गाउँपालिका पुरै तथा बेलौरी नगरपालिकाका ८,९ र १० नम्बर वडाबाट प्रारम्भिक चरणको अडिसन मार्फत ५८ जना छनौट गरी असोज १३ गते शनिबारदेखि औपचारिक रूपमा पुनः प्रतियोगी छनौट चलेको बताए। असोज १३ गते शनिबार बेलडाँडी गाउँपालिका वडा नम्बर २ खप्रेश्वर मन्दिरको हलमा प्रतियोगिताको उद्घाटन बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिस चन्द्र रानाले गर्नु भएको थियो।मेगा अडिसन छनोटबाट छानिएका प्रतियोगीहरूलाई निरन्तर मूल्याङ्कनकर्ताहरू मार्फत छनौट गरिने आयोजकले जनाएको छ । जसका लागि आरके कमल टमटा, पुनम चन्द साउद र भूपेन्द्र रानाले मूल्याङ्कनकर्ता (जज) को भूमिका गरिरहेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img