कन्चनपुरमा लागु औषध सेवनकर्ताको संख्या बढ्दो स्थिति भयावह


अम्बा दत्त तिवारी/ महेन्द्रनगर: जिल्ला प्रहरी कार्यालय कन्चनपुरले लागू औषध सम्बन्धी ४० वटा मुद्दा दर्ता भएको बताएको छ। लागु औषध सम्बन्धी मुद्दामा पक्राउ पर्नेमा ५८ जना रहेका छन् । जस मध्धे ५६ पुरुष र २ महिला रहेका छन्। चालु आर्थिक वर्ष २०८०/०८१ मा यो २४ प्रतिसतले बृद्धि भएको प्रहरी उपरीक्षक कमल थापाले बताएका छन्। गत आर्थिक वर्ष ०७९/०८० मा लागुऔषध सम्बन्धी १५९ वटा मुद्दा दर्ता गरिएको थियो । कन्चनपुर जिल्लामा लागु औषध कारोबारी र प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपछि प्रहरीले बिद्यालय स्तरमा र समुदाय स्तरमा जनचेतना जगाउने उद्देश्यले कार्यक्रम संचालन गरेको छ।

तर खुल्ला सिमा नाका बाट लुकी छिपी लागू औषध भित्रिने गरेको छ। लागुऔषध कुलतमा परी थुप्रै युवा युवती प्रहरी नियन्त्रणमा परिसकेका छन् । यसरी प्रतिदिन लागु औषध प्रयोगकर्ता बढी रहेको बेला यसको रोकथाम गर्न चुनौतीको विषय बनेको छ । भुसको आगो जस्तै लागु औषध दुर्व्यसनीको संख्या बढदै गएपछि स्थिति भयावह बन्दै गइरहेको छ। यसले समाजमा अपराधिक गतिविधि बढने भएकाले नियन्त्रण गर्न सबैले सहयोग गर्नुपर्ने प्रहरी उपरिक्षक थापा बताउनुहुन्छ।


Loading Viewer...

ताजा समाचार

spot_img