लागु औषध सहित २ जना पक्राउ


कञ्चनपुर : दिन प्रतिदिन लागु औषध प्रयोग कर्ता बढी रहेको बेला यसको रोकथाम गर्न चुनौतीको विषय बनेको छ । दैनिक दुई चार जना युवक लागु पर्दाथ सहित फेला पर्ने क्रम जारी छ । सोही क्रममा बुधबार राती ९ : ३० बजे ईलाका प्रहरी कार्यालय बेलडाडीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमालागु औषध सहित दुई जना पक्रउ परेका छन् ।

बेलडाँडी गाउँपालिका वडा नं.– ०२ क्याम्प स्थित जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा न. ०२ उल्टाखाम बस्ने राजु चौधरी वडा न. १९ बागफाँटा बस्ने अमित चौधरीलाई लागु औषध खैरोहिरोईन तौल ४ ग्राम ३२० मिलिग्राम लागु औषध सहित पक्राउ गरेको छ । निज दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहर िकार्यालय कञ्चनपुरले जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img