कञ्चनपुरमा ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस भव्यताका साथ सम्पन्न


कञ्चनपुर : ३३ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल जिल्ला कार्य समिति कञ्चनपुरले ३३ औं अन्तारष्ट्रिय जेष्ठ नागरिक दिवस भव्यताका साथ मनाएको छ । ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा जिल्ला भरीका जेष्ठ नागरिक सहित आमन्त्रण गरिएका मित्र राष्ट्र भारत बाट पनि ५ जना जेष्ठ नागरिकको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथी दुर्गा बोहराले कार्यक्रममा बोल्दै ‘जेष्ठ नागरिकहरुको सम्मान गर्नु पर्ने, पहिले धेरै जनाको परिवार हुन्थ्यो त्यै पनि मिलेर बसेका हुन्थ्ये अहिले सानो परिवारमा सिमित भए पनि दुई आमा बुवालाई पाल्न ग्राहो हुने घर परिवार बाटै जेष्ठ नागरिकहरुले वृद्धआश्रममा बस्न बाध्य हुने सिलसिला बढ्दै गएको बोहराले बताए । कार्यक्रममा पेशागत महासंघका केन्द्रीय सदस्य डा कविन्द्र बहादुर चन्द, राष्ट्रिय जेष्ठ नागरिक समाजका निवर्तमान अध्यक्ष होम बहादुर कुँवर, वडा अध्यक्ष द्वय रामचन्द्र बोहरा, अाषेफ कुँवर भुन्टु भीमदत्त नगरपालिका नगर उप प्रमुख निलम लेखक जोशी, राष्ट्रिय जेष्ठ नागरिक समाजका केन्द्रीय उपाध्यक्ष गंगा राम गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

उक्त कार्यक्रममा ७ जना जेष्ठ नागरिक सहित भीमदत्त नगरपालिकाका २ जना वडा अध्यक्षलाई पनि सम्मान गरेको छ । जसमा जेष्ठ नागरिक गंगा प्रसाद खरेल, दल बहादुर खड्का, पदम बहादुर बिष्ट, धनसिंह भण्डारी, चन्द्र प्रसाद चापागाई, जेष्ठ नागरिक पुरुष ९६ बर्षिय धनबहादुर सिंह, जेष्ठ नागरिक महिला ९० वर्षिय राधिका भट्ट र भीमदत्त नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष आषेफ कुँवर ‘भुन्ट’ु र १३ का वडाध्यक्ष राम चन्द्र बोहरालाई प्रमाण पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको छ ।

धन बहादुर खडायतको सभापतित्वमा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख दुर्गा बोहरा विशिष्ट अतिथी जेष्ठ नागरिक समाजका केन्द्रीय उपाध्यक्ष गंगा राम गिरी, भीमदत्त नगरपालिका नगर उप प्रमुख निलम जोशी लेखक, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्ष बहादुर चन्द, पेशागत महासंघका केन्द्रीय सदस्य डाक्टर कविन्द्र बहादुर चन्दको उपस्थिती रहेको थियो भने कार्यक्रम सञ्चालन अम्बा तिवारीले गरेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img