खडक ब. काेलि /कञ्चनपुर : नेपाल टेलिकम दूरसञ्चार कार्यालय कञ्चनपुरले पाेलमा रहेकाे कपर केबुल तार हटाउने काम शुरु गरेकाे छ। नयाँ अप्टिकल फाइवरतार जडान गरि काम सञ्चालन भएकाेले कपर केबुल तारले पाेलमा अनावश्यक लाेड गरेकाे, हावाहुरि चलिकाे बेला पाेलढलि दूर्घटना हुने भएकाेले कपर केबुल तार हटाउने काम शुरु भएकाे नेपाल टेलिकम दूरसञ्चार कार्यालय कञ्चनपुका कार्यालय प्रमुख प्रितम भट्टले बताएका छन।

याे पुरानाे विधि भएकाे हुनाले नयाँ प्रविधिकाे अप्टिकल फाइवर तार सञ्चालनमा आइसकेकाे भट्टले बताए। ४० बर्ष पुरानाे कपर केबुल तार हटाएर बजारकाे सुन्दरताका साथै पाेललाइ भार कम हुने उनकाे भनाइ रहेकाे छ। ५ कराेड भन्दा बढि लगानिमा जाेडिएकाे कपर केबुलतार अप्टिकल फाइवर तार सञ्चालनमा आएपछि हटाउन लागेकाे जनाइएकाे छ।











