क्रान्तिकारी युवा संगठन नेपालद्वारा फलफुल वितरण


कञ्चनपुर : मोहन बैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको साहयक संगठन क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुरले जिल्लाको एक बृद्ध आमश्रममा फलफुल वितरण तथा सरसफाई गरेको छ । शुक्रबार युवा संगठन नेपाल कञ्चनपुरले बेदकोट नगरपालि स्थित रहेको वृद्वा आश्रममा फलफुल वितरण तथा सरसफाई कार्यक्रम गरिएको हो ।

संगठनका जिल्ला समिति संयोजक भुव भट्टले समाजिक कार्यका लागि बृद्धबृद्धालाई फलफुल वितरण एव सरसपलाई गरिएको बताए । क्रान्तिकारी युवा संगठन नेपाल सुप प्रदेशका संयोजक दिपेन्द्र सिह ऐरीले यसरी जिल्ला कमिटिले समाजिक कार्यले युवा संगठनका नेता कार्यकर्ताहरुमा थप समाजिक दायित्व बोध हुने बताए । कार्यक्रममा संगठन र पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img