महेन्द्रनगर : भीमदत्त नगर पालिका वडा न ३ को सहयोगमा लागु औषध विरुद्ध जनचेता अभिबृद्धी कार्यक्रम सम्पन्न भएको छ । भीमदत्त नगर पालिका वडा न ३ को सहयोगमा नमुना समाज नेपालले उत्त कार्यक्रम सञ्चालन गरेको थियो । संस्थाले भीमदत्त नगरपालिका भर लागु औषध विरुद्ध जनचेता अभिबृद्धी कार्यक्रम सञ्चालन गर्ने जानकारी सस्थाका अध्यक्ष हरिना भट्टले जानकारी गराउनु भयो ।

कार्यक्रममा अधिवक्ता रेवती जोशी मुख्य सहजकर्ता रहनु भएको थियो । कार्यक्रममा लागु औषधका सम्बन्धमा नेपालमा हाल विधमान लागु औषध नियन्त्रण ऐन २०३३का कानुनी प्रावधानहरु । ऐनद्वारा नियन्त्रण गर्न खोजिएका कृयाकलापहरु लागु औषधको खेती उत्पादन खरिदविक्री सञ्चय ओसार पसार सम्बन्धी सचेतना । लागु औषधले कसरी मानव जिवनलाइ क्षति पुगाउछ भन्ने विषयमा जानकारी आदन प्रदान गर्नुका साथै लागु औषधका सम्बन्धमा नेपालमा हाल विधमान लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ४ले गाजाको खेती उत्पादन तैयारी खरिद विक्री वितरण निकासी पैठारी ओसार पसार सञ्चय सेवन । अफिम वा कोका को खेती उत्पादन पात वा अन्य लागु औषध उत्पादन । लागु औषधको निर्माण तथा तयारी, लागु औषधको बिक्री वितरण गर्न, लागु औषध निकासी वा पैठारी गर्न, लागु औषध खरिद गर्न सञ्चय राख्ने ओसारपसार गर्न, गाजा बाहेक औषध सेवन गर्न, निषेध गरीएको बारे जानकारी गराएको थियो ।

भीमदत्त नगर पालिका वडा नं.३ का अध्यक्ष गगन सिह धामी प्रमुख अथिति रहनु भएको थियो । कार्यक्रमके अध्यक्षता हरिना भट्टले गर्नु भएको थियो । स्थानीय विद्यालयमा सञ्चालन भएको उक्त कार्यक्रममा दुइ विद्यालयका ७८ जना विद्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रममा नमुना समाज नेपालका तर्फबाट सहजकर्त भागरथी चन्द र लक्ष्मी भट्टले सहजीकण गर्नु भएको थियो । कार्यक्रम अगामी १४ गते वड नं. ८ र नं.६ मा सञ्चालन हुने र अन्य वडामा समेत सञ्चालन गरिने छ ।







