संघर्षशील पुर्व सुवेदार विष्टको निधन


कञ्चनपुर : बैतडी जिल्ला दोगडाकेदार गा.पा.४ चौगाँउ पुख्र्यौली घर भइ हाल भीमदत्त न.पा.७ हल्दुखाल राम मन्दिर नजिक बस्दै आउनु भएका नेपाली सेनाको सुवेदार पदबाट अवकाश प्राप्त खड्क सिँह विष्टको हिजो २०८०।६।११ बेलुकी पखको समयमा घरमै निधन भएको छ । विष्टलाई केही समय यता फोक्सो सम्बन्धी बिमारी रहेको थियो र उहाँ घरमै आराममा हुनु हुन्थ्यो ।

२ छोरी र २ छोराका बुवा विष्ट जीवनका हरेक क्षणमा संघर्ष(कर्म)लाई उच्च महत्व दिनु हुन्थ्यो । आपm्नो जीवनको महत्वपुर्ण समय नेपाली सेनाको अस्पताल क्षेत्रमा बिताइ पेन्शन सहित सेवा निवृत विष्टले सो पश्चात थुप्रै ठाँउमा काम गर्नु भयो । नबिल बैंक सुरक्षा देखी पछिल्लो पटक सैनिक सहकारी संस्था सम्म थुप्रै ठाउँमा उहाँले कार्य गर्नु भयो । किराना पसल सञ्चालन देखी गाँउघरका मानिसहरुलाई आधारभूत चिकित्सा प्रदान गर्ने कार्य समेत उहाँले लामो समय गर्नु भयो । हरेक व्यक्तिले स्वाबलम्बी हुनु पर्छ र आफ्ना लागि चाहिने हरेक सामग्री आफैले तयार गर्न सक्नु पर्छ भन्ने मानसिकता बोकेका विष्ट घरका लागि चाहिने सागपात तथा सो का बेर्ना सधै आफै तयार गर्नु हुन्थ्यो र कहिलेकाही विक्री वितरण समेत गर्नु हुन्थ्यो ।

धार्मिक साँस्कृतिक कार्यमा औधी रुची राख्ने विष्ट दाइना दमाहाको वाद्यवादनमा समेत खप्पिस हुनु हुन्थ्यो । उहांकै विशेष भुमिकामा बैजनाथ मन्दिरबाट राम जानकी मन्दिरमा नवरात्रको सप्तमी तिथीका दिन फुलपाती भित्र्याउने कार्यको समेत सुरुवात भएको कुरा भी.न.पा.७ हल्दुखाल निवासी अमित प्रसाद भट्टले बताउनु भयो । मानव जीवनका लागि आवश्यक हरेक क्षेत्रका विषयमा सारभूत ज्ञान राख्ने विष्ट ठट्यौली स्वभावको समेत हुनु हुन्थ्यो । प्रकृतिको अकाट्य सत्यलाई हृदयगंम गर्दै भौतिक रुपमा बिदा भएका विष्टका दुवै छोरा जागिर क्षेत्रमा रहेका छन । हाल उनको निधन प्रति विभिन्न ठाउँबाट श्रद्धाञ्जली एवं संवेदना प्रकट भइरहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img