कञ्चनपुर: सहकर्मी शिक्षक महासघका अगुवा नेताहरुले धोखा दिएपछि देशभरीका राहत, बाल विकास, अनुदान, साविक उच्च माविका शिक्षकले आन्दोलन निरन्तर गरिरहेका छन । सरकारले ल्याउन लागेको शिक्षा विधेयक आफुहरुको हितमा नभएको भन्दै ३ असोजदेखि राजधानी काठमाण्डौँ केन्द्रीत सडक आन्दोलन गरेका केही शिक्षक सरकारसंग ६ बुँदे सहमती गरेर खुसिका साथ फर्किएका छन, भने केही शिक्षक फेरी सडकमै छन । बिहीबारपनि कञ्चनपुर सहित देशभरका पालिका एव काठमाण्डौैँमा राहत, बाल विकास, अनुदान, साविक उच्च माविका शिक्षकले आन्दोलन गरेका छन ।

कञ्चनपुरका राहत शिक्षकका नेता गणेश धानुकले शिक्षक महासंघका अगुवा नेताहरुले राहत शिक्षक, बाल विकास शिक्षक, साविक उच्च माविका शिक्षक, विद्यालय कर्मचारीको हक अधिकारको पक्षमा कुनैपनि सम्झौता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । राहत शिक्षकका नेता धानुकका अनुसार जिल्लाको भीमदत्त, बेदकोट सहितका पालिकाहरुमा धर्ना जुलुस, बिरोध प्रर्दशन जारी रहेको छ । ‘हामीले केन्द्र सहित देशैभरीका पालिका लक्षित आन्दोलन गरिरहेका छौँ, ‘उनले भने, ‘जुन विषयका लागि आन्दोलन गरियो, त्यो विषयमा कुनै सम्झौता नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएका छौँ ।’ कञ्चनपुर बाल विकास कञ्चनपुरका शिक्षिका लक्ष्मी पाण्डेयले शिक्षक महासंघका नेताहरुले शिक्षा सुधारका ठुल ठुला कुरा गर्ने तर शिक्षकको शुरुवात हुने बाल विकासको विषयमा कुनै सहमती नगरेर आफ्ना लागि मात्रै गरेर फर्किएको बताए ।

‘हामीमाथि पहिल्यैदेखि सरकार राज्यले विभेद गरेकै छ, ‘उनले भनिन, ‘सहकर्मी शिक्षक महासंघका नेता ज्यूहरुले समेत विभेद गरेर अन्यायमा पारेका छन ।’ शिक्षक महासंघ र सरकारविच ६ बुँदे सहमती भएपनि निरन्तर आन्दोलनका कारणका सामुदायिक विद्यालययको पठन पाठन प्रभावित भएको छ ।







