कञ्चनपुर : नेपाल पाराभेटेरीनरी एण्ड लाइभस्टक एसोसिएसन जिल्ला कार्य समिति कन्चनपुरले एक दिने निःशुल्क रेबिज खोप शिविर सम्पन्न गरेको छ ।


नेपाल पाराभेटेरीनरी एण्ड लाइभस्टक एसोसिएसन जिल्ला कार्य समिति कन्चनपुरको आयोजना र शुक्लाफँटा नगरपालिका पशु सेवा शाखाको आर्थिक सहयोगमा एक दिने निःशुल्क रेबिज खोप शिविर शुक्लाफँटा–४, पिपलाडीमा गरेको हो । विहीबार सम्पन्न भएको निःशुल्क रेबिज खोप शिविरमा करिब ९० देखि १०० वटा कुकुरलाई खोप लगाएको केन्द्रीय सदस्य टेक बहादुर चन्द ईसुदूरदर्पणलाई बताए ।

सो कार्यक्रममा नेभ्ला केन्द्रिय सदस्य टेक बहादुर चन्द जिल्ला अध्यक्ष तेज राज जोशी पशु सेवा शाखा प्रमुख राम प्रसाद भट्ट लगायत जिल्ला कार्य समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।







