कञ्चनपुर : कञ्चनपुरमा ४४औं विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न भएको छ । विश्व पर्यटन दिवस २०२३को उपलक्ष्यमा भीमदत्त नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो र्। पर्यटन र हरित लगानी’ भन्ने मुलनाराका साथ शुरु भएको विश्व पर्यटन दिवसको विहान महाकाली चारलाईन पुलबाट गड्डाचौकी नाका सम्म ब्रिक्सटन कलेजका विद्यार्थीहरुले साईकल ¥याली गरेका थिए ।

त्यस पश्चात पर्यटन भित्रिने नाकाको रुपमा रहेको गड्डाचौकी भन्सारमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । होटल व्यवासायी संघ कञ्चनपुरका अध्यक्ष जगदीश चन्द्र भट्टले नेपालमा पर्यटन भित्रने प्रमुख नाकाको रुपमा गड्डाचौकी रहेको छ। उनले भने ‘ यहाँका विभिन्न पर्यटकीय स्थलको पर्चार प्रसारको कमीले जुन हिसाबले पर्यनट यहँ भित्रयाउन सकिन्थ्यो त्यो गर्न नसकेको’ बताए । ‘पर्यटन आर्थिक उन्नतीको लागि पनि महत्वपुर्ण भएकोले पर्यटनलाई देशमा भित्रयाउन सबैले महत्वपुर्ण भुमिका खेल्नु पर्ने’ भीनपाका पर्यटन उपाध्यक्ष राजेन्द्र के.सी.ले बताउनु भयो ।

विश्व पर्यटन दिवसको अवसरमा बुधबार विहान भारत बाट गड्डाचौकी हुदै नेपाल आएका विदेशी पर्यटकलाई भीमदत्तनगरपालिकाका नगर प्रमुख पदम बोगटीले नेपाली ढाकाको टोपी र फुलमाला लगाई स्वागत गरिएको थियो भने उनीहरुले यहाँको संस्कृति सँग जोडिएको छलिया नाच हेरेर खुशी भएका थिए । पर्यटन विकासले नै देश नगरको विकासमा टेवा पुग्ने, भीमदत्त नगरपालिकाले पर्यटन प्रवद्धनका लागि विभिन्न कार्यक्रम,कार्य गरिरहेकोले, ‘यहाँको पर्यटन विकासका लागि भीमदत्त नगरपालिका पछि हट्दैन’, नगर प्रमुख बोगटीले भने । विश्व पर्यटन दिवस २०२३ कार्यक्रम पर्यटन उपाध्यक्ष राजेन्द्र के.सी.को अध्यक्षतामा भीमदत्तनगर प्रमुख पदम बोगटीको प्रमुख आथित्यता रहेको थियो ।

