कञ्चनपुर : सुदुरपश्चिम विश्वविद्यालयले कानून संकाय अन्तर्गको बीए. एल. एल. बी प्रवेश परिक्षाको आवेदन फाराम भर्ने म्याद थप गरेको छ । म्याद थप भए सँगै शैक्षिक सत्र २०८०/८१ को लागि एल. एल. बि प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्नाका लागि सञ्चालन हुने प्रवेश परीक्षाको फाराम अब असोज २२ गते सम्म भर्न सकिने भएको छ । प्रवेश परीक्षाको फारम यस अघिको पूर्व सूचनामा असोज १० गते सम्म मात्रै भर्न पाइने उल्लेख थियो ।

भर्नाका लागि लिइने प्रवेश परीक्षा भने असोज २५ गते बिहान ११ बजे हुने सुप विश्वविद्यालय कानून संकायले जारी गरेको सूचनामा उल्लेख छ । प्रवेश परीक्षाको आवेदनमा नेपाल कानून व्यबशायी परिषदले तोके बमोजिम प्रत्येक विषयमा न्यूनतम C+ (CGPA ) प्राप्त गरी १०+२ उतिर्ण भएको प्रमाण पत्र पेश गर्नु पर्ने जनाइएको छ । कक्षा १२ मा ग्रेड वृद्धिको लागि परीक्षा दिएका परीक्षार्थीले पनि प्रवेश परीक्षामा सहभागी हुन पाउने छन् ।

साथै आवेदन फारम अनलाइन बाट पनि भर्न सकिने छ । हाल सुदुरपश्चिम विश्वविद्यालयको कानून संकाय अन्तर्गत दुई क्याम्पसमा यो बीए. एल. एल. बी कार्यक्रम सञ्चालनमा छ । जसमा विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगर र कैलाली बहुमुखी क्याम्पसमा ४८/४८ गरी जम्मा ९६ जनाले पढ्ने मौका पाउने गर्दछन ।







